birat ribon

कोपा अमेरिका : अर्जेन्टिनालाई पराजित गर्दै ब्राजिल फाइनलमा

Neuro
कोपा अमेरिका : अर्जेन्टिनालाई पराजित गर्दै ब्राजिल फाइनलमा

विराटनगर । कोपा अमेरिका फुटबलमा आयोजक राष्ट्र ब्राजिल फाइनल प्रवेश गरेको छ । बुधवार बिहान भएको पहिलाे सेमिफाइनल खेलमा उपाधि दाबेदार मानिएको अर्जेन्टिनालाई पराजित गर्दै ब्राजिल फाइनलमा प्रवेश गरेको हो ।

cura insider

ब्राजिलको जितमा रोबर्टाे फिर्मिनो र ग्याब्रीएल जेससले गोल गरे ।

पहिलो हाफको १९ औं मिनेटमा जेससले गोल गर्दै अग्रता दिलाएका थिए  । पहिलाे हाफ १–० ले अगाडी रहेकाे ब्राजिलले दाेस्राे हाफमा थप एक गाेल गरेकाे थियाे  ।

दोस्रो हाफको ७१ औं मिनेटमा जेससको पासमा रोबर्टो फिर्मिनोले गोल गर्दै अग्रता दोब्बर बनाए । पहिलो हाफमा रोर्बेटोको पासमा जेससले गोल गर्दा दोस्रो हाफमा जेससले नै  रोबर्टाेलाइ पास दिएका थिए ।

पराजित भएसँगै अर्जेन्टिनाको उपाधि जित्ने याेजना असफल भएकाे छ । राष्ट्रकालागि उपाधि जित्ने लियोनल मेस्सीको  सपना पनि असफल भएकाे छ ।

पहिलो हाफ १–० ले पछि परेको अर्जेन्टिनाले दोस्रो हाफमा ब्राजिललाई दबाबमा राखेको थियो । खेलको ५७ औं मिनेटमा कप्तान मेस्सीको पोस्टमा लागेर फर्कियो । पहिलो हाफको ३० औं मिनेटमा सर्जियो एगुएरोको प्रहारपनि पोष्टमा लागेर फर्किएको थियो ।

ब्राजिल विरुद्ध गोल फर्काउन संघर्ष गरिरहेको अर्जेन्टिनाले ७१ औं मिनेटमा दाेस्राे गोल खायो । काउन्टर अट्याकमा अगाडी बढेको ब्राजिलका लागि रोबर्टो फिर्मिनोले गोल गरेका थिए  । प्रतिस्पर्धात्मक रहेको खेलमा रेफ्रीले ७ खेलाडीलाई पहेंलो कार्ड पाए ।

दोस्रो सेमिफाइनल खेल बिहीबार चिली र पेरुबीच हुनेछ । पेरू र चिलीबीचकाे बिजेतासँग ब्राजिलले उपाधिकालागि प्रतिस्पर्धा गर्ने छ ।

प्रतियोगिताको फाइनल खेल जुलाई ८ तारिखका दिन हुनेछ ।

jackson ribon