विराटनगर । काेपा अमेरिका फुटबलकाे पहिलाे सेमिफाइनल खेलमा अर्जेन्टिना आयाेजक राष्ट्र ब्राजिलसँग २–० ले पछि परेकाे छ । जारी खेलकाे ७१ औं मिनेटमा रोबर्टो फिर्मिनोले गाेल गरेपछि अर्जेन्टिना २–० ले पछि परेकाे हाे ।
ब्राजिलकालागि ग्याब्रीएल जेससले १९ औं मिनेटमा पहिलाे गाेल गरे । दाेस्राे हाफमा जेससकै पासमा रोबर्टो फिर्मिनो गाेल गर्दै ब्राजिलकाे अग्रता दाेब्बर बनाएका हुन् । जेसुसले रोबर्टो फिर्मिनोकाे डिबक्स भित्र दिएकाे पासलाई सदुपयाेग गर्दै पहिलाे गाेल गरेका थिए ।