birat ribon

महिला विश्वकप : इंग्ल्याण्ड पेनाल्टीमा चुक्दा अमेरिका फाइनलमा

Neuro
महिला विश्वकप : इंग्ल्याण्ड पेनाल्टीमा चुक्दा अमेरिका फाइनलमा

एजेन्सी । उपाधि दाबेदार मानिएको इंग्ल्याण्डलाई पराजित गर्दै अमेरिका महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । फ्रान्समा जारी महिला विश्वकप फुटबल प्रतियोगिता सेमिफाइनल खेलमा अमेरिकाले इंग्ल्याण्डलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।

खेलको पहिलो हाफमा नै अमेरिकाले २–१ को अग्रता बनाएको थियो । दोस्रो हाफमा डिफेन्डिङ लाइन बलियो बनाएको अमेरिकाले इंग्ल्याण्डलाई गोल गर्न दिएन् ।

cura insider

खेलको १०औं मिनेटमा अमेरिकाकालागि क्रिस्टेन प्रेसले हेडिङ मार्फत गोल गर्दै अग्रता दिलाइन् । खेलको १९ औं मिनेटमा इग्ल्याण्डले गोल फर्कायो । इलेन ह्वाइटको गोलबाट बरावरीमा फर्कीएको इंग्ल्याण्ड ३१ औं मिनेटमा फेरी पछि पर्याे । एलेक्स मोर्गानले गोल गरेपछि पहिलो हाफ २–१ अवस्थामा थियो । दोस्रो हाफमा दुबै तर्फबाट गोल हुन सकेन् ।

खेलको ८४औं मिनेटमा खेलमा फर्कने मौका पाएको इंग्ल्याण्ड पेनाल्टीमा चुकेपछि पराजित भएको हो । पेनाल्टीमा चुकेको २ मिनेटपछि इंग्ल्याण्ड १० खेलाडीमा सीमित भएको थियो । मिल्ले ब्राइट दोहोरो पहेंलो कार्ड खाँदै मैदान छाडेकी थिइन् ।

विश्वकप उपाधिकालागि अमेरिकाले नेदरल्यान्ड्स र स्वीडेनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

jackson ribon