birat ribon

कोपा अमेरिका : पहिलो हाफ अर्जेन्टिना १–० ले पछाडी

Neuro
कोपा अमेरिका : पहिलो हाफ अर्जेन्टिना १–० ले पछाडी

विराटनगर । ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा ब्राजिल र अर्जेन्टिनाबीचकाे  पहिलो सेमिफाइनल खेल चलिरहेकाे छ । पहिलाे सेमिफाइनलकाे पहिलो हाफमा ब्राजिलले अग्रता लिएको छ । रोमाञ्चक खेलको १९ औं मिनेटमा ब्राजिलले अग्रता लिएपछि अर्जेन्टिना दबाबमा परेकाे छ ।

cura insider

ब्राजिलकालागि ग्याब्रीएल जेससले १९ औं मिनेटमा उत्कृष्ट गोल गरे । रोबर्टो फिर्मिनोको डिबक्स भित्र दिएको पासलाई सदुपयोग गर्दै ब्राजिललाई अग्रता दिलाउँदा लियाेनल मेस्सीकाे किप्तानीमा मैदान उत्रिएकाे अर्जेन्टिना दबाबमा परेकाे हाे ।

घरेलु दर्शकको साथ पाएको ब्राजिलले गोल गरेपछि डिफेन्स लाइन मजबुद बनाएको छ ।  पहिलाे हाफ अर्जेन्टिनाले आक्रामक खेलेकाे थियाे । तर गाेल गर्न सकेन् । खेलकाे  ३० औं मिनेटमा अर्जेन्टिनाका कप्तान मेस्सीको फ्रिकिक पासमा सर्जियो एगुरोए गोल गर्न चुकेका थिए । ३६ औं मिनेटमा मेस्सीकाे पासमा अगुएरो दाेस्राे पटक चुक्दा अर्जेन्टिना पहिला हाफमा १–० ले पछि परेकाे हाे ।

jackson ribon