birat ribon

कोपा अमेरिका : ब्राजिल र अर्जेन्टिना मध्ये को बलियो ? यस्ताे छ एकसय वर्षे इतिहास !

Neuro
कोपा अमेरिका : ब्राजिल र अर्जेन्टिना मध्ये को बलियो ? यस्ताे छ एकसय वर्षे  इतिहास !

विराटनगर । कोपा अमेरिका फुटबलमा बुधवार बिहान आयोजक ब्राजिल र अर्जेन्टिनाबीच पहिलो सेमिफाइनल खेल हुँदैछ । फुटबलका दुई महारथीबीचकाे  खेललाई फाइनल खेल भन्दा महत्वका साथ हेरिएको छ ।

cura insider

 

जारी प्रतियोगितामा दुवै टोली उपाधि दाबेदार हुन् । यी दुई टोलीबीचको भेट फाइनलमा हुने अपेक्षा गरिएको थियो । तर समूह चरणको खेलमा बिजेता बनेको ब्राजिल र उपबिजेता बनेको अर्जेन्टिनाले  क्वाटरफाइनल खेलमा उत्कृष्ट नतिजा निकाल्दै फाइनल अघि नै भेट पक्का गरे ।

घरेलु दर्शकको समर्थनमा मैदान उत्रने ब्राजिल उच्च मनोबलमा छ । समुह चरणको खेलमा कमजोर देखिएको अर्जेन्टिना तुलनात्मक रूपमा कमजोर छ । तर  ब्राजिलाइ पराजित गर्दै  आफूलाई साबित गर्न चाहान्छ ।

विश्व फुटबलमा छुट्टै पहिचान बनाएका यी दुई टोली ११० पटक आमने सामने भएका छन् । सन् १०१४ देखि सन् २०१९ को बीचमा यी दुई टाेली १११ औं पटक प्रतिस्पर्धा हुन लागेकाे हाे ।

फुटबल इतिहासमा अर्जेन्टिना भन्दा ब्राजिल तुलनात्मक रुपमा बलियो देखिएको छ । ब्राजिल ४५ खेलमा बिजयी हुँदा अर्जेन्टिना ३९ खेलमा बिजयी भएको छ । यी दुई टोलीबीच भएका २६ बराबरीमा रोकिएको छ ।  ११० खेलमा गोल संख्या भने ब्राजिलको भन्दा अर्जेन्टिनाको बढी छ । ब्राजिलले १६५ गोल गर्दा अर्जेन्टिनाले १६६ गोल गरेको छ ।

पछिल्लो पटक अर्जेन्टिना र ब्राजिलले बुधवार सेमिफाइनल खेल हुने मैदानमा नै मैत्रीपूर्ण खेल खेलेका थिए ।  जुन खेलमा ब्राजिलले १–० को कठिन जित निकालेको थियो । त्यस्तै सन २०१६ मा भएको विश्वकप छनोटमा ब्राजिलले अर्जेन्टिनालाई ३–० ले हराएको थियो ।

अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले ब्राजिलमा अर्जेन्टिनाको टोलीबाट  ४ पटक खेलिसकेका छन् । मेस्सीले ब्राजिलविरुद्ध सन् २००६ मा पहिलो पटक खेलेका थिए । मेस्सीले सन् २०१० मा ब्राजिलविरुद्ध गोल गरेका थिए । उनले सन् २०१२ मा ब्राजिलविरुद्ध ह्याट्रिक गरेकाे इतिहास छ । मेस्सीले ब्राजिलविरुद्ध  जम्मा ९ खेल खेलेका छन् । जसमा ४ गोल गरेका थिए ।

ब्राजिल र अर्जेन्टिनाबीच सन् १९१६ मा काेपा अमेरिका फुटबलमा भएकाे खेल, याे सिजन उरूग्वेले उपाधि जित्दा अर्जेन्टिना दाेस्राे र ब्राजिल तेस्राे भएकाे थियाे ।

तर पछिल्ला पाँच खेलमा ब्राजिल हाबी देखिएको छ । सन् २०१४ मा ब्राजिल २–० ले बिजयी हुँदा सन् २०१५ मा १–१ को बरावरी भएको थियो ।  सन् २०१६ मा ब्राजिलले अर्जेन्टिना विरूद्ध ३–० को जित निकालेको थियो । तर सन २०१७ मा अर्जेन्टिना १–० ले बिजयी भयाे । सन् २०१८ ब्राजिलले अर्जेन्टिनालाई १–० ले पराजित गरेको थियो । बुधवारको खेलमा अर्जेन्टिनालाई बदला लिने अवसरपनि छ ।  दुई टाेलीबीचकाे खेल बुधवार बिहान ६:१५ मा सुरू हुनेछ ।

सेमिफाइनल खेल www.totalsportek.com काे हाेमपेजमा पुगेर फुटबल सर्च  गर्दा लाइभ  हेर्न सकिन्छ ।

jackson ribon