birat ribon

भण्डारी उत्कृष्ट महिला खेलाडी

Neuro
भण्डारी उत्कृष्ट महिला खेलाडी

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य सावित्रा भण्डारीले पल्सर स्पोर्टस अवार्ड २०७५ को उत्कृष्ट महिला खेलाडी अवार्ड जितेकी छिन् ।

साफ महिला फुटबल च्याम्पियनसिपमा र हिराे हुमन्स गाेल्डकपमा नेपाललाई उपविजेता बनाउन महत्वपूर्ण योगदान गरेकी साबित्राले उत्कृष्ट महिला खेलाडी अवार्ड जितेकी हुन् ।

cura insider

अवार्डको मनोनयनमा जुडोकी मनिता श्रेष्ठ प्रधान, क्रिकेटकी सिता रानामगर, तेक्वान्दोकी निमा गुरुङ र भलिबलकी सरस्वती चौधरी थिए । चार खेलाडीलाई पछि पार्दै साबित्राले अवार्ड जितेकी हुन् ।

jackson ribon