birat ribon

अर्जेन्टिनाको सुरुआती ११ मा सर्जियो अगुएरो पनि

Neuro
अर्जेन्टिनाको सुरुआती ११ मा सर्जियो अगुएरो पनि

एजेन्सी,
ब्राजिलमा जारी ४६औं संस्करणको कोपा अमेरिका कपको पहिलो सेमफिाइनल खेलमा उपाधि दाबेदार मानिएको अर्जेन्टिनाले आयोजक राष्ट्र ब्राजिलसँग खेल्दैछ । बुधबार बिहान ६ः१५ बाट सुरु हुने सो खेलको विजेता टोलीले फाइनलमा स्थान बनाउनेछ ।

cura insider

भोलि हुने उक्त खेलमा म्यानचेष्टर सिटीका सर्जियो अगुएरोले सुरुआती ११ मा स्थान बनाएका छन् । ब्राजिलविरुद्धको खेलमा उनलाई सुरुआती ११ मा राखिने अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले बताएका छन् ।

पछिल्लो समय अगुएरोलाई देशका लागि खपेक्षित प्रदर्शन गर्न नसकेको भन्दै आलोचना भइरहेको छ । यसैकारण उनी ब्राजिविरुद्धको महत्त्वपूर्ण खेलमा सुरुआती ११ मा नहुने हुन् कि भनेर आँकलन गरिएको छ । तर, प्रशिक्षक स्कालोनीले अगुएरो सुरुआती ११ मा रहने स्पष्ट पारेका हुन् ।

यद्यपि, अगुएरोले यस प्रतियोगिताअन्तर्गतका ४ खेलमध्ये तीन खेलमा सुरुआती ११ मा स्थान बनाइसकेका छन् ।

jackson ribon