birat ribon

सामान्य दुखाइ हुँदा पनि अत्याधिक पेनकिलरको प्रयोगले हुनसक्छ स्वास्थ्यको लागि हानिकारक

Neuro
सामान्य दुखाइ हुँदा पनि अत्याधिक पेनकिलरको प्रयोगले हुनसक्छ स्वास्थ्यको लागि हानिकारक

सानो तिनो दुखाइ पनि सहन नसक्ने भएको कारणले आजकल मानिसहरुले सामान्य ज्वोरो, रुघाखोकी, टाउको तथा जिउ दुख्दा पेन किलरको सेवन गर्ने गरेको देखिन्छ । तर, रुघा खोकी लगायतका कतिपय रोगहरु औषधि नखाई पनि निको हुन सक्छन् । डाक्टरको सल्लाह पनि नचाहिने तथा सजिलै उपलब्ध हुने भएको कारणले मानिसहरुले यसको सेवन अधिक मात्रामा गरिरहेको हुन्छ ।

cura insider

विभिन्न समस्याका कारण दुखेको हुन सक्ने भएपनि डाक्टरको परामर्श बिनानै आजकल हामीहरुले आफ्नै मर्जीले औषधि किनेर प्रयोग गरिरहेका हुन्छौं । यस्तो पेनकिलरको सेवन गर्दा बिरामीलाई तत्काल राहत अनुभव हुने गर्छ । त्यसैले हामीले पछि यसबाट गर्ने असरको ख्याल नगरी वर्तमान समयमा राहत पाएर खुशी हुने गर्छौं ।

नियमित पेनकिलरको सेवनले गर्दा हामीमा दीर्घकालिन गम्भीर असर निम्त्याउने सबैलाई थाहा हुदा हुदै पनि सबैले नजर अन्दाज गरेर आइरहेका छन् । जानेर वा नजानेर लामो समय पेनकिलर प्रयोग गर्दा हाम्रो मुटु, कलेजो, मिर्गौला लगायतका भित्री अंगहरुलाई ड्यामेज गरिरहेका हुन्छन । यसको नियमित सेवनले हाम्रो भोक हराउनुका साथै पेटमा ग्यास, छातीमा जलन, पेट दुखाई, नमिठो डकार, वान्ताको समस्या ल्याउने संभावना हुनसक्छ ।

यसले पेट सुन्निने समस्या ल्याऊने गर्छ जसले गर्दा हाम्रो पेटमा घाउ आउन सक्छ र हामीलाई अल्सर हुने गर्छ । पेनकिलरको धेरै मात्रामा सेवन गरेपछि फोक्सो तथा कलेजाको सेल्स मर्न थाल्छ र हाम्रो कलेजो सुन्निन थाल्छ । पेन किलरले हाम्रो रगतलाई दुषित बनाएर उक्त रक्त चाप, मुटु सम्बन्धि विभिन्न रोग निम्त्याउनुका साथै हृदयघातको समस्या समेत ल्याउने सम्भावना हुने गर्छ ।

गर्भावस्थामा गर्भवती महिलाहरुले पेनकिलरको सेवनले गर्दा उनीहरुमा गर्भपानतको खतरा रहने हुन्छ । अधिक मात्रामा पेनकिलरको सेवन गर्नु निकै खतरानक हुने गर्छ । यसले हामीलाई मानसिक रोगी समेत बनाउन सक्छ । अझ पहिलाबाटै मधुमेह, उच्च रक्तचाप, हाई कोलेस्टोरल र मिर्गौलाको समस्या हुने व्यक्तिहरुले पेनकिलरको सेवन गर्दा उनीहरुको स्वास्थ्यमा निकै हानिकारक हुन्छ ।

jackson ribon