birat ribon

गर्मी मौसममा किन आउँछ आवश्यकताभन्दा धेरै पसिना ?

Neuro
गर्मी मौसममा किन आउँछ आवश्यकताभन्दा धेरै पसिना ?

गर्मी मौसममा हामीलाई अत्यधिकतम मात्रामा पसिना आउने समस्याले दुख दिन सक्छ । मानिसहरुलाई पसिना आउने मात्र नभएर यस संगसँगै पसिना गन्हाउने समयस्या नि हुने गर्छ । आफुलाई मात्र नभएर पसिना गनाउने समस्याका कारण कतिपय मानिसहरुलाई सार्वजनिक स्थल वा कार्यलय अथवा मानिसहरुको छेउ छाउमा बस्दा समेत ठूलो समस्या पर्ने गरेको देखिन्छ ।

cura insider

हाम्रो शरीरबाट उत्पन्न हुने पसिनाले शरिरमा भएको बिकार र किटाणुलाई समेत पसिनाको मद्दतले निष्काशित गर्नुका साथै पसिनाले हाम्रो शरिरको तापक्रमलाई समेत सन्तुलनमा राख्ने गर्दछ । यदि थोरै वा ठिक्क मात्रामा पसिना आउने भने हाम्रो शरीर स्वस्थ भएको बुझ्न सकिन्छ । तर, आवश्यकताभन्दा बढी पसिना आउनु हाम्रो स्वास्थ्यका लागि हानिकारक मानिन्छ ।

आवश्यकता भन्दा धेरै पसिना आएको समस्यालाई हाईड्रोसिस भन्ने गरिन्छ । शरीर अत्याधिक कमजोर भएको बेला वा विभिन्न रोग लागेको बेला तथा थाइराइड ग्रन्थी चाहिने भन्दा बढी सक्रिय भएको बेलामा पनि हामीलाई आवश्यकता भन्दा बेसी पसिना आउने गर्दछ । गर्मी मौसममा चिया, कफीको, जंक फुड, तेल धेरै भएको खानेकुराको मात्रा एकदम घटाउनै पर्छ ।

विशेषगरी क्याफिनको मात्रा बेसी भएमा यसले पसिना ग्रन्थीलाई उत्तेजित बनाएर हाम्रो शरिरमा अत्यधिक पसिनाको उत्पादन गराएर र नराम्रो गन्ध पैदा गर्छ । शरीरमा पानीको कमि हुदा पनि हाम्रो शरीरमा अत्याधिक पसिना आउने गर्छ । यस्तो समस्याबाट छुटकारा पाउनका लागि हामीले विभिन्न उपायहरु अपनाउन सक्छौं । गर्मीको मौसममा पानीको सेवन धेरै गर्नु पर्छ साथै फलफुल, हरियो सागसब्जीको सेवन गर्न आवश्यक हुन्छ ।

पुदिना तथा कागती पानी पिउने गर्दा यो समस्याको समाधान हुन सक्छ । लामो समयसम्म खाली पेट बस्ने गर्नु हुदैन, यसले हाम्रो शरीरमा ग्यास पैदा गर्नुका साथै विभिन्न विषाक्त पदार्थहरुको उत्पादन गर्ने गर्छ । हामीले मसलादार खानेकुरासंग टाढानै रहने गर्नु पर्छ । धेरै पसिना आउने व्यक्तिले दिनहु नुहाउने गर्नुपर्छ । हामीले गर्मि समयमा हावा मज्जाले छिर्ने, पसिना नसोस्ने तथा छालामा पनि अशर नगर्ने खालको सिन्थेटिक्स युक्त कपडा लगाउनुपर्छ ।

jackson ribon