birat ribon

छायांकन नसकिँदै ‘छ माया छपक्कै’ ले कमायो १ करोड १६ लाख

Neuro
छायांकन नसकिँदै ‘छ माया छपक्कै’ ले कमायो १ करोड १६ लाख

काठमाडाैं,

कमेडी जनरामा निर्माण हुँदै गरेको फिल्म ‘छ माया छपक्कै’को लगभाग छायांकन सकिन आटेको छ । ‘छ माया छपक्कै’ को लोक शैलीको एक गीत बाहेक बाँकी छायांकन लगभग सकिएको हो । केही दिनमा उक्त गीतको छायांकन राजधानीमा गरिने तयारीमा निर्माण टिम जुटेको छ । ‘छ माया छपक्कै’ को छायांकन समेत पूरा नहुँदा पनि सर्वा्धिक महँगो मुल्यमा यसको विदेशी राइट्स विक्री भएको छ ।

cura insider

निशान बजगाईंले फिल्मको विदेश राइट्स १ करोड १६ लाखमा खरिद गरेका हुन् । केहि वर्ष अगाडिसम्म मात्र सस्तो मूल्यमा समेत नेपाली फिल्म खरिद गरेर विदेशमा चलाउन कसैले जोखिम उठाउने गरेका थिएनन् । तर, अहिले राम्रो ब्यानर र चलेका कलाकारको अभिनय रहेको फिल्मलाई रिलिज अगावै महँगो मुल्यमा विदेश राइट्स विक्री हुने भएका छन् ।

’छ माया छपक्कै’लाई दिपेन्द्र लामाले निर्देशन गर्दै छन् । कमेडी जनरामामा आधारित रहेर माया र प्रेमको कथा समेटिएको यस फिल्ममा दीपकराज गिरि, केकी अधिकारी, सुपुष्पा, केदार घिमिरे, जितु नेपाल, शिवहरी पौडेल र दिपाश्री निरौला लगायत कलाकारहरुको अभिनय रहेको छ । ४० वर्ष उमेर अन्तरालको प्रेम कथामा आधारित फिल्ममा दीपकराज र केकीको जोडी बाँधिएको छ ।

रोहित अधिकारी मुभिजको ब्यानरसँग मिलेर दीपकको यस चलचित्रका निर्देशक दीपेन्द्र आफैले कथा लेखेका हुन् । फिल्मको पटकथा तथा संवाद दीपकराज गिरी, जितु नेपाल र केदार घिमिरेले तयार पारेका छन् । फिल्मको पटकथा तथा संवाद दीपकराज गिरी, जितु नेपाल र केदार घिमिरेले तयार पारेका छन् । यो फिल्मले दशैंमा अशोक शर्माको फिल्म ’रातो टिका निधारमा’ सँग बक्स अफिसमा प्रतिस्पर्धा गर्ने भएको छ ।

गत वर्ष यो टिमले बनाएको फिल्म ‘छक्का पञ्जा ३’ को विदेश राइट्स करीब १ करोडमा विक्री भएको थियो । यहि टिमको फिल्म ‘छक्का पञ्जा’ ले ओभरसिज राइट्स महँगो मुल्यमा विक्री गर्ने क्रमको सुरुवात गरेको थियो ।

jackson ribon