birat ribon

‘ब्राजिलले अर्जेन्टिनाका कप्तान मेस्सीलाई सहजै रोक्नेछ’

Neuro
‘ब्राजिलले अर्जेन्टिनाका कप्तान मेस्सीलाई सहजै रोक्नेछ’

एजेन्सी,
ब्राजिलका गोलरक्षक एलिसन बेकरले प्रतिद्वन्द्वी टोली अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई सहजै रोक्नेमा विश्वस्त छन् । बुधबार बिहान आफ्नै भूमिमा भइरहेको कोपा अमेरिकाअन्तर्गत सेमिफाइनलको खेलमा मेस्सीलाई सहजै राक्ने एलिसनको भनाइ छ ।

cura insider

लिभरपुलका भरपर्दा गोलपिकरसमेत रहेका एसिलनले मेस्सीको सामना गर्न आफूहरू तयार रहेको बताउँदै भने, ‘मसँग अनुभवी मेरो टिम छ । हामी अर्जेन्टिनाविरुद्धको खेललाई एक महान् खेल बनाउन गइरहेका छौं । हामीले त्यहीअनुसारको तयारी पनि गरेका छौं ।’

‘हो, अर्जेन्टिनासँग खेल्न कठिन छ, ’ उनले थपे, ‘उनीहरूले पनि राम्रै गर्लान् । मैले मलाई कहिले हिरोको रूपमा हेरेको छैन । हामीले फुटबलका परिस्थिति बुझेका छौं । यसर्थ हामीले सबैकुराको तयारी गरेका छौं ।’

एलिसनले अर्जेन्टिनी खेलाडी मेस्सी सम्मलेति टोली बार्सिलोनासँग खेलेको अनुभव रहेको छ । सन् २०१८–१९ को च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा एलिसनको टोली लिभरपुलले बार्सिलोनालाई हराएको थियो । त्यसअघि एलिसन इटालियन टोली रोमामा छँदा पनि रोमाले बार्सिलोनालाई पराजित गरेको थियो ।

उनले रोमा र लिभरपुलको विषयलाई जोड्दै भने, ‘रोमा र लिभरपुल दुवै धेरै फरक टोली हुन् । मेरो सौभाग्यको कुरा हो, मेस्सीविरुद्ध मैले त्यहाँबाट राम्रो अनुभव लिएको छु । हाम्रो टिमले सधैँ त्यस्तै खेल्छ । र, आजको खेल पनि त्यस्तै बनाउँछौं ।’

jackson ribon