birat ribon

अर्जेन्टिनासँग भिड्नुअघि ब्राजिलका प्रशिक्षकले भने, ‘मेस्सीलाई रोक्न कठिन छ’

Neuro
अर्जेन्टिनासँग भिड्नुअघि ब्राजिलका प्रशिक्षकले भने, ‘मेस्सीलाई रोक्न कठिन छ’

एजेन्सी,
घरेलु भूमिमा जारी ४६औं संस्करणको कोपा अमेरिका कपको फाइनलका लागि ब्राजिलले १५ पटकको विजेता टोली अर्जेन्टिनासँग खेल्दैछ । बुधवार बिहान हुने खेलमा भिड्ना लागेका आयोजक ब्राजिल र अर्जेन्टिनालाई यसपटक उपाधि दाबेदार टोलीका रूपमा हेरिएको छ ।

cura insider

८ पटक कोपा अमेरिकाको उपाधि जितेको ब्राजिल आफ्ना स्टार खेलाडी नेयमारबिना पनि जारी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । यसैले पनि उसलाई प्रमुख दाबेदार टोलीका रूपमा हेरिएको हो । तर, ब्राजिलका प्रशिक्षक टिटेले भने खेलको पूर्वसन्ध्यामा अर्जेन्टिनाका कप्तान मेस्सीलाई रोक्न कठिन हुने बताएका छन् ।

अर्जेन्टिनासँग भिड्नुअघि मेस्सीको प्रशंसा गदै टिटेले मेस्सीलाई रोक्न गाह्रो हुने बताएका हुन् । टिटेले अट्याकमा अगाडि रहेकोले पनि उनलाई रोक्न कठिन हुने बताएका हुन् । ‘व्यक्तिगत रूपमा अर्जेन्टिनाको बारेमा भन्नुपर्दा उनीहरू बलिया भएका छन्,’ पत्रकार सम्मलेनलमा उनले भने, ‘मेस्सीलाई रोक्न कठिन छ । उनको तीव्र गतिलाई रोक्न सकिएला तर उनको कार्यलाई रोक्न कठिन हुन्छ ।’

मेस्सीले जारी कोपा अमेरिका कपमा तीन खेल खेल्दा एक गोल मात्र गरेका छन् । उनले पराग्वेविरुद्ध पेनाल्टीमार्फत् एक गोल गरेका हुन् ।

jackson ribon