birat ribon

ज्वरो, रुघाखोकी तथा पेटको ग्याँसको अचुक औषधि ज्वाँनो

Neuro
ज्वरो, रुघाखोकी तथा पेटको ग्याँसको अचुक औषधि ज्वाँनो

ज्वाँनो तरकारी तथा अचारमा स्वादको लागि प्रयोग गरिने एक प्रकारको मसला हो । ज्वानोमा प्रोटिन, आयोडिन, चिल्लो पदार्थ, कार्वोहाइड्रेट, क्याल्सियम, र अन्य भिटामीन तथा खनिज पदार्थहरू संगै अत्यधिक मात्रामा पोषण तत्वहरू पाइन्छ । ज्वानोमा क्यलारी नभएको कारणले यसलाई पेट दुखेको औषधिका रूपमा प्रयोग गरिन्छ ।

cura insider

मन तातो पानीमा अलिकति ज्वानो र थोरै नुन हालेर खाएमा पेटमा भएको अपच ठिक भएर जान्छ । साथै ग्यास्ट्रिकले निक्कै सताएर पेटमा ग्यास भरिएको छ भने ज्वानो र बिरेनुनलाई पिसेर सेवन गर्दा लाभ हुन्छ । यसले अपच तथा कब्जियतलाई समेत निको पार्ने गर्दछ । थोरै मात्रा मा खादा पनि पेट भरिएको अनुभव गराउने हुना ले यसलाई तौल घटाउनका लागि उपयुक्त मानिन्छ ।

एक गिलास पानीमा अलिकति ज्वानो हालेर उमालेर पिउदा ज्वोरो आउदा राहत मिल्नुका साथै शरीरको तापक्रम समेत घट्ने गर्छ । यसरी दैनिक पिउने गर्दा यसले रुघाखोकी तथा दम लागेको समस्याको समाधान गर्ने गर्छ । प्रत्येक रात सुत्नेबेला करिब ५० दिनसम्म ज्वानो पानीको सेवन गर्ने हो भने यसले रक्सी अम्मली हटाउन मद्दत गर्छ ।

कानको दुखाई, दाँतको दुखाई, मुटुका समस्या, जोर्नीका समस्या तथा नाक बन्द हुने समस्यामा समेत यसले निकै फाइदा पुर्याउने गर्छ । हैजा लागेको बेलामा ज्वानोको सेवनले हैजाको किटाणुलाई सजिलै मर्ने भएको कारणले हैजा लागेको बेलामा ज्वामोको सेवन गर्न सल्लाह दिइन्छ । ज्वानो, मह र चुक अमिलोलाई ठिक्क मात्रामा मिलाएर नियमित १० दिनसम्म सेवन गरेको खण्डमा यसले मृगौलाको पत्थरीलाई समेत गलाएर पत्थरीको समस्याबाट मुक्ति दिन सहयोग पुर्याउँछ ।

घरमा भएका मसिना किराहरुलाई समेत घरबाट भगाउन यसको प्रयोग गर्न सकिन्छ । ज्वानोलाई बालेर यसको धुवाले किराहरु भाग्नुका साथै हामीलाई भएको कफ तथा दमको समस्याबाट छुटकारा मिल्दछ । एक गिलास पानीमा ज्वानो र सखर १ चम्चा लिएर राम्ररी उमालेर पिउने गर्दा घाँटी बसेको छ भने तुरुन्तै हराएर जान्छ । भुटेको ज्वानोको नियमित सेवनले हाम्रो कम्मर तथा शरीर दुखेको रोगलाई दुइ हप्ता मै ठिक पार्ने गर्दछ ।

jackson ribon