birat ribon

५ वर्षभन्दा माथिका बच्चाहरूले ओछ्यानमा पिसाब फेर्नुका कारणहरू

Neuro
५ वर्षभन्दा माथिका बच्चाहरूले ओछ्यानमा पिसाब फेर्नुका कारणहरू

५ वर्षभन्दा माथिका बच्चाहरुलाई पनि कहिलेकाहीँ ओछ्यानमा पिसाब लाग्ने समस्याले सताइरहेको हुन सक्छ । बच्चाहरुले राती नचाहेर पिसाब फेर्ने वा दिउँसै पिसाब फेरेर आफ्नो लुगा भिजाउने जस्ता समस्यालाई नचाहेर पिसाब गर्ने समस्या वा नक्चुरनल एन्युरेसिस भनिने गरिन्छ । यदि ५ वर्ष भन्दा माथिका बाछाहरुमा पटक पटक यो समस्या देखा पर्छ भने यसलाई गम्भीर समस्याका रुपमा लिन सकिन्छ ।

cura insider

सानो बच्चाहरुलाई त थाहा हुदैन र उनीहरुले आफ्नै लुगामा पिसाब गर्ने गरेको पाइन्छ । तर, ५ वर्ष भन्दा माथिको बच्चामा यस्तो समस्या देखिन थालियो भने यसका विभिन्न कारणहरु हुन सक्छन । पाँच वर्षमाथिका बच्चाहरुमा यो समस्या १५ देखि २५ प्रतिशतमा देखिएको हुन्छ । केटिहरुको तुलनामा केटाहरुमा यो समस्या दुई गुणा बढी हुने देखिएको छ ।

नचाहेर ओछ्यानमा राती पिसाब फेर्नुको मुख्य कारण बंशाणुगत हो । बच्चाको आमा तथा बाबुको बच्चा बेलाको अवस्थामा यो समस्याले सताएको थियो भने उनीहरुको बच्चाहरुमा यो समस्या हुने संभावना ५० देखी ७७ प्रतिशत पक्का हुने गर्छ । घरमा नयाँ बच्चाको जन्म तथा आगमन हुनु, घर सर्नु, धेरै माया वा हेला गर्नु लगायतका कारणहरुले यो समस्या उत्पन्न हुन सक्छ ।

कुनै कुनै बच्चाहरुमा मानसिक बिकास उचित रुपमा नभएको कारण तथा गहिरो निन्द्रामा सुत्ने बच्चाहरुमा यो समस्या देखा पर्दछ । यसका साथसाथै पिसाबको संक्रमण, पिसाब थैलीको समस्या, मृगौलाको समस्या, स्वास प्रश्वासमा समस्या तथा राती सुत्नु अगाडी धेरै खाना खाएर पानी धेर पिउने बच्चाहरुमा पनि यो समस्या देख्न सकिन्छ । बच्चाहरुमा देखिने यस समस्याका कारण परिवार, आफन्तलाई नकारात्मक प्रभाव पर्ने गर्दछ ।

यसका साथ साथै बच्चाहरुको आत्म बिश्वास कम हुने, लाज लाग्ने असरहरु पर्न सक्छ । बच्चाहरुले जानेर नगरेको यस समस्यामा परिवार तथा आफन्तले बच्चालाई तर्साउने, धम्क्याउने तथा पिट्ने गर्दा यस्ता व्यवहारले बच्चाहरुमा नकारात्मक असर पर्न जान्छ । यो समस्यालाई निवारण गर्नका लागि दैनिक समयमा दिसा पिसाब गर्ने आदत बारे बालबालिकालाई शिक्षित गर्न जरुरि देखिन्छ ।

बच्चाले नचाहेर राती पिसाब फेर्नु कुनै दोष नमानी कन यो साधारण समस्या हो जसलाई बच्चा, परिवार, आफन्त समाज र समस्या समाधान नभएको खण्डमा डाक्टरको परामर्श समेत लिएर यस समस्याको समाधान गर्न जरुरि हुन्छ ।

jackson ribon