birat ribon

मेस्सी र रोनाल्डोलाई तुलना गर्दै यसो भन्छन् ब्राजिलियन खेलाडी ग्राबियल जेसस

Neuro
मेस्सी र रोनाल्डोलाई तुलना गर्दै यसो भन्छन् ब्राजिलियन खेलाडी ग्राबियल जेसस

एजेन्सी,

cura insider

पछिल्लो एक दशकयता फुटबल जगतमा दुई स्टारले अन्य खेलाडीलाई आफ्नो छत्रछायाँमा पार्दै आएका छन् । फुटबलका दुई स्टार खेलाडी अर्जेन्टिनाका लियोनल मेस्सी र पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले फुटबलमा अन्य खेलाडीलाई आफ्नो छायाँमा पारेका हुन् ।

मेस्सी र रोनाल्डोबीच पनि कडाभन्दा कडा प्रतिस्पर्धा चलिरहेकै छ । उनीहरूको प्रतिस्पर्धा खेलमा मात्र नभएर विभिन्न अवार्डहरू तथा फ्यान फलोइङमा पनि छ । खास गरी यी दुई हस्तीबीच गोल संख्या, विभिन्न रेकर्डदेखि उपाधिमा समेत प्रतिस्पर्धी हुन् । दुवैले फुटबल जगतकै सर्वाधिक प्रतिष्ठित मानिने अवार्ड बालोन डी’ओर समान ५–५ पटक हात पारेका छन् ।

यस्तै अर्को एक महत्त्वपूर्ण अवार्ड गोल्डेन बुटमा भने मेस्सीले रोनाल्डोभन्दा अगाडि छन् । मेस्सीले यो अवार्ड छ पटक जितेका छन् भने रोनाल्डोले चार पटक जितेका छन् । यी दुई खेलाडीबीच मैदानमा र मैदानबाहिर को उत्कृष्ट भन्ने कोणबाट अनेकौं टिकाटिप्पणी र तुलना हुने गरेका छन् ।

बेला–बेला फुटबल क्षेत्रका विभिन्न व्यक्तिहरू तथा अध्यनन–सर्वेक्षणले अनेक दृष्टिबाट यीमध्ये कोचाहिँ उत्कृष्ट भन्ने धारणा बनाउने गरेका छन् । उनीहरूबीचमा सधैं को उत्कृष्ट भन्ने विषयमा फुटबल विशेषज्ञहरू आ–आफ्नै धारणा राख्छन् ।

यस्तैमा ब्राजिलियन फरवार्ड ग्राबियल जेससले पनि यी दुई स्टारबीच तुलना गरेका छन् । कोपा अमेरिकाको सेमिफाइनलमा मेस्सीको टोली अर्जेन्टिनासँग भिड्नुअघि जेससले मेस्सी र रोनाल्डोको विषयमा अभिव्यक्ति दिएका हुन् ।

पत्रकार सम्मलेनमा बोल्दै जेससले मेस्सीलाई ब्राजिलका लेजेण्ड खेलाडी रोनाल्डोको हाराहारीको खेलाडी भनेका छन् । उनले मेस्सीलाई ‘अर्जेन्टिनी जादूगर भनेका छन् । इंग्लिस क्लब म्यानचेष्टर सिटीका स्टार जेससले भनेका छन्, ‘मैले देखेका खेलाडीहरूमध्ये ब्राजिलका रोनाल्डो र अर्जेन्टिनाका मेस्सी उत्कृष्ट खेलाडी हुन् ।’

‘मेरो नजरमा रोनाल्डो नाजारियो र मेस्सी नै उत्कृष्ट खेलाडी हुन्, ‘जेससले थपे, ‘तर, यहाँ क्रिष्टियानो रोनाल्डो र रोनाल्डिन्हो पनि छन् । रोनाल्डिन्हो र रोनाल्डो त्यसपछि उत्कृष्टको सूचीमा आउँछन्, जो प्रत्येक वर्ष उत्कृष्ट भएका छन् ।’

jackson ribon