birat ribon

कंगनाको ‘मेन्टल है क्या’को नाम परिवर्तन भएर भयो ‘जजमेन्टल हे क्या’

Neuro
कंगनाको ‘मेन्टल है क्या’को नाम परिवर्तन भएर भयो ‘जजमेन्टल हे क्या’

विराटनगर,
बलिउडकी चर्चित अभिनेत्री कंगना रनावत र अभिनेता राजकुमार रावले प्रमूख भूमिका निर्वाह गरेको फिल्म ’मेन्टल है क्या’को नाम परिवर्तन हुने भएको छ । अब भने फिल्मको नाम परिवर्तन भएर ’जजमेन्टल हे क्या’ हुने भएको छ । सेन्सर बोर्डले सिनेमा हेरिसकेपछि सिनेमा उनलाई मनपरेको र फिल्मका कुनै पनि सिनमा केहि पनि आपत्ति नभएको बताएका छन् ।

cura insider

फिल्मको नाम भने अलिकति राम्रो नभएको कारणले आपत्ती जनाएपछि कंगना र सिनेमाका निर्माताले फिल्मको नाम खुशी खुशी नाम परिवर्तन गरेका हुन् । फिल्मको पोस्टर र ट्रेलर सार्वजनिक भए देखिनै सामाजिक संजालमा समेत यस फिल्मको नामलाई राम्रो नभएको भनेर धेरै जनाले आपत्ति प्रकट गरेका थिए । हल्का नामलाई परिवर्तन गरेर अब फिल्मको नाम ’जजमेन्टल हे क्या’ राखिएको छ ।

मानसिक रूपमा बिरामी भएका मानिसहरूमा आधारित भएर यस फिल्मको कथा लेखिएको हो । फिल्म यहि वर्षको जुलाई २६ मा रिलिज हुने भएको छ । फिल्मको मोसन पिक्चरहरु सार्वजनिक भएदेखि नै उनका फ्यानहरु यस फिल्मको लागि निकै उत्साहित रहेका छन् । कंगना र राजकुमारले यस अघि २०१४ को हिट चलचित्र क्विनमा एक साथ काम गरिसकेका छन् ।

jackson ribon