birat ribon

चोटले ग्रस्त भारतमाथि जित निकाल्ने बंगलादेशको दाउ

Neuro
चोटले ग्रस्त भारतमाथि जित निकाल्ने बंगलादेशको दाउ

विराटनगर,
इंग्ल्याण्ड र वेल्समा जारी १२औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज दुई बलिया टोली भारत र बंगलादेशले खेल्दैछन् । नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेबाट सुरु हुने उक्त खेल एजबेस्टनमा हुनेछ ।

cura insider

भारत जारी विश्वकपको दोस्रो स्थानको टोली हो भने बंगलादेश सातौँ स्थानको टोली हो । भारतले ७ खेलमध्ये १ खेलमा मात्र हार ब्यहोरेको छ भने ५ खेलमा जित निकालेको छ । उसको एक खेल भने रद्द भएको थियो ।

जारी विश्वकपमा उच्च प्रदर्शन गर्दै आएको उसले आज आठौं खेल खेल्न लागेको हो । ११ अंक बनाएको भारत आजको खेलमा बंगलादेशलाई हराउने योजनाका साथ मैदानमा उत्रिनेछ । यद्यपि, उसलाई बंगलादेशलाई हराउन त्यति सहज छैन । किनकी, भारत अहिले खेलाडीको चोटका कारण तनाबमा छ ।

उसका भरपर्दा खेलाडीद्वय शिखर धवन र विजय शंकर चोटले थलिएका छन् । यी दुईको सट्टामा अन्य खेलाडीले मौका पाउने छन् । यसैको फाइदा बंगलादेशले उठाउन सक्नेछ । समान ७ खेल खेलेको बंगलादेशले ३ खेलमा जित र ३ खेलमा पराजय ब्यहोरेको छ । उसँग ७ अंक रहेको छ

बंगलादेशलाई आजको खेलमा जित निकाल्नै पर्ने दबाब छ । सेमिफाइनल पुग्ने अंकगणीतिय सम्भावना बाँकी रहेको बंगलादेशले अंकगणितीय सम्भावना कायमै राख्नका लागि पनि जित निकाल्नै पर्छ । अन्यथा, ऊ प्रतियोगिताबाट बाहिरिने छ ।

jackson ribon