birat ribon

क्लबका प्रतिनिधिसँग भेट गर्दै नेयमारका बुबा, फर्केलान् नेयमार बार्सिलोना ?

Neuro
क्लबका प्रतिनिधिसँग भेट गर्दै नेयमारका बुबा, फर्केलान् नेयमार बार्सिलोना ?

एजेन्सी,
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट व्यवसायीक फुटबल खेलिरहेका नेयमार बार्सिलोना फर्किनका लागि अथक प्रयास गरिरहेका छन् । सन् २०१७ मा कीर्तिमानी मूल्यमा स्पेनिस क्लब बार्सिलोनाबाट फ्रान्स आएका उनको यो प्रयासमा उनका बुबाले पनि साथ दिएको खबर बाहिरिएको छ ।

cura insider

नेयमारका बुबा र उनका वकिलले बार्सिलोनाका प्रतिनिधि एन्ड्रे करीलाई भेट्ने भएका छन् । नेयमारका बुबाले नेयमारलाई क्याप नोउ फर्काउन बार्सिलोनाका प्रतिनिधिसँग भेट गरेको इस्पोर्टे इन्टेराटिभो अनलाइन पोर्टलले जनाएको छ ।

करी बार्सिलोनाका अध्यक्ष बार्टोमेउका एकदमै विश्वसनीय प्रतिनिधि हुन् । उनले नेयमारका बुबा र उनका वकिलसँग बार्सिलोनाको पक्षबाट नेयमार भित्र्याउने निर्णय बारेमा बुझ्ने बताइएको छ ।

यसअघि नेयमारलाई बार्सिलोना फर्काउन बार्सिलोना स्वयमले पनि प्रयास गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाउँदै आएका छन् । तर, बार्सिलोनाको प्रयास पटकपटक असफल भएको थियो ।

पीएसजीले नेयमारको सट्टामा बार्सिलोनाका दुई स्टार फिलिप्पे काउटिन्हो र ओस्माने डेम्बेलेलाई मागेको थियो । नेयमार अहिले आफ्नै भूमिमा भइरहेको कोपा अमेरिका कप खेलिरहेको ब्राजिलको टोली बाहिर छन् । कतारविरुद्धको अन्तर्रा्ष्ट्रिय मैत्रीपूर्ण खेलमा घाइते भएपछि उनी ब्राजिलको टोली बाहिर छन् ।

jackson ribon