birat ribon

गिरिजाप्रसाद कोइरालाको जन्मदिनमा कांग्रेसले लाखबत्ती बाल्ने

Neuro
गिरिजाप्रसाद कोइरालाको जन्मदिनमा कांग्रेसले लाखबत्ती बाल्ने

चितवन,
नेपाली कांग्रेसले कांग्रेका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाको जन्मदिनको अवसर पारी लाखबत्ती बाल्ने भएको छ । नेपाली काँग्रेस चितवनले नारायणी नदी किनारमा कोइरालाको ९६औँ जन्मजयन्तीका अवसरमा लाखबत्ती बाल्नका लागि जिल्ला सदस्य झलक गुरुङको संयोजकत्वमा तयारी शुरु गरिएको हो ।

cura insider

दुई सय वटा प्यालामा एक लाखभन्दा बढी बत्ती बाल्ने तयारी गरिएको संयोजक गुरुङले बताउनुभयो । योसँगै नारायणी किनारमा हुने श्री गण्डकी नारायणी संरक्षण महाआरतीको बुधबारको खण्ड स्व कोइरालाको नाममा समर्पित गरिने र जसका लागि लाग्ने सम्पूर्ण खर्च नेपाली काँग्रेस चितवनले बेहोर्न लागेको महाआरतीका सल्लाहाकार टङ्कनाथ पौडेलले जानकारी दिए ।

लाखबत्ती र दीप प्रज्वलनमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री डा मीनेन्द्र रिजालको समेत उपस्थिति हुने जनाएको छ । पार्टीका जिल्ला सभापति जीतनारायण श्रेष्ठले आफ्ना स्व नेताको सम्झनामा लाखबत्ती बालेर पहिलो पटक जन्मदिन मनाउन लागिएको जानकारी दिए । रासस

jackson ribon