fbpx

सन्दीपले आफ्नो स्वरमा गाएको ‘मेमोरी’ सार्वजनिक, भिडियोमा क्रिकेट खेलाडीहरू

विराटनगर,
विश्वमा चर्चित रहेका नेपाली क्रिकेटर सन्दीप लामिछानेले आफ्नो स्वरमा गएको उनको नयाँ गित ‘मेमोरी’ सार्वजनिक गरेका छन् । सन्दीपले यस अघि पनि केही गीत सार्वजनिक गरिसकेका छन् ।

उक्त गीतको भिडियोलाई सन्दीपले युत्युब मार्फत सार्वजनिक गरेका हुन् । सन्दीपले आफ्नो बाल्यकालको सम्झनाहरुलाई समेटेर यो गीत गएका हुन् । सार्वजनिक गरिएको यस गीतको भिडियोमा सन्दीपले आफैँ गितार बजाएर गीत गएका हुन् । भिडियोमा सन्दीपले आफ्नो साथीहरुसंग बाल्यकालमा गरेको मस्तीलाई देखाइएको छ ।

सन्दिपको ’मायालु’ एल्बमा समावेश गरीको यस गीतलाई उल्लास मक्रातीले लेखेका हुन । यस गीतको संगीतमा सन्दीपलाई राजन मगरले साथ् दिएका छन् । सार्वजनिक गरिएको यस गीतको म्युजिक भिडियोमा सन्दीपसंग उनका क्रिकेटरहरु साथिहरु दीपेन्द्रसिंह एरी, अमित श्रेष्ठ, सोमपाल कामी र सन्दीपका मिडिया म्यानेजर रमन शिवाकोटीलगायतको अभिनय रहेको छ । यस भिडियोलाई ज्ञानेन्द्र शर्मा हुमागाईँले निर्देशन गरेका हुन् ।

Loading...