birat ribon

 ‘पशुपति प्रसाद’ र ‘धनपति’ पछि ‘आमा’ निर्देशन गर्दै दिपेन्द्र

Neuro
 ‘पशुपति प्रसाद’ र ‘धनपति’ पछि ‘आमा’ निर्देशन गर्दै दिपेन्द्र

दर्शककाे  मन जित्न सफल भएको फिल्म पशुपति प्रसाद र धनपतिका निर्देशक दीपेन्द्र के खनालले नयाँ चलचित्र ‘आमा’को निर्माण गर्ने  घोषणा गरेका थिए ।  सोमबार पशुपतिनाथ मन्दिरमा फिल्मको शुभ मुहूर्त गर्दै छायांकन समेत सुरु गरिएको छ । फिल्मको अधिकांश दृश्यमा पानी परेको देखाउनु पर्ने भएकाले    फिल्मको छायांकन लागि असारको महिना रोजिएको हो ।

cura insider

शर्मिला पाण्डेले निर्माण गर्न लागेको चलचित्र ‘आमा’ले एक आमा र छोरीको सम्बन्धको कथामा आधारित रहेर निर्माण गर्ने बताइएको छ । सन्तोष अधिकारीको सह–निर्मातामा बन्ने यस फिल्ममा आमाको भूमिकामा सूर्यमाला खनाल रहने छिन् भने छोरीको भूमिकामा अभिनेत्री सुरक्षा पन्तले निर्वाह गर्ने भएकी छिन् ।

फिल्ममा सूर्यमाला र सुरक्षाका साथै देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मा, मनिष निरौला, पदम बुढा लगायतका कलाकारहरुको पनि अभिनय रहने भएको छ ।

फिल्मलाई आउँदो फागुन ९ गते प्रदर्शनमा ल्याउने तय गरिएको छ । उक्त फिल्म काठमाडौं र रामेछापमा छायांकन हुने भएको छ । फिल्मको निर्देशक खनाल आफैंले लेखेको कथालाई आफैले छायांकन गर्ने भएका छन् । ‘आमा’ नाममा वि.सं. २०२० मा हीरासिंह खत्रीले र यसपछि २०५१ सालमा रेसराज आचार्यले फिल्म बनाएका थिए ।

यसअघि बनेका ‘आमा’ भन्दा फरक कथामा फिल्म बन्ने निर्देशकले बताएका छन् । ‘आमा’ नाम राखेर तेस्रो पटक फिल्म बन्न लागेको हो । ‘पशुपतिप्रसाद’ पछि अरु कुनै फिल्मले दर्शकको मन छुन नसकेपछि धेरैबाट गुनासो आएको कारण आफुले उक्त फिल्मलाई राम्रो बनाउनका लागि कुनै पनि कसर बाकी राखेको बताएका छन् ।

jackson ribon