birat ribon

विराटनगरमा बालगायक प्रितमलाई सम्मान

Neuro
विराटनगरमा बालगायक प्रितमलाई सम्मान

विराटनगर,

cura insider

सेप इभेन्टस एण्ड मिडिया प्राइभेट लिमिटेडले नेपालका बाल गायक प्रितम आचार्यलाई सम्मान गरेको छ । गीत संगीतको क्षेत्रमा पुर्याएको योगदानको उच्च कदर गर्दै सेप इभेन्ट एण्ड मिडियाका प्रालिले सोमबार १३ औं सेप भारतीय शैक्षिक मेलामा सम्मान गरेको हो ।

गायक आचार्यलाई प्रालिका निर्देशक संञ्जय थापाले कदर पत्र दोसल्ला ओढाएर सम्मान गरेका थिए । सोही अवसरमा प्रितमलाई आयोजकले ल्याबटप पनि प्रदान गरेको छ  । बाल गायक आचार्यले चर्चित हिन्दी र नेपाली गीत प्रस्तुत गरि मनोरञ्जन प्रदान गरे । उनले प्रस्तुतीले शैक्षिक मेला संगीतमय बन्यो ।

भारतीय रियालिटी शो ‘सारेगमप लिटल च्याम्स २०१९’ मा सेकेण्ड रनरअप भएका थिए ।

सेप इभेन्टस एण्ड मिडिया प्राइभेट लिमिटेडले अायाेजना गरेकाे शैक्षिक मेलामा भारतका नाम चलेका करिब ३० वटा विश्वविद्यालय सहित एक प्रतिनिधि मण्डलका सदस्यहरूको सहभागि रहेको छ । मेलामा एसआरएम, भिआइटी, एमिटी, अमृता, जैन, किट शारदा जस्ता नाम चलेका शैक्षिक संस्था आएका छन्

jackson ribon