birat ribon

हाम्रो शरीरलाई दैनिक कति चाहिन्छ पानीको मात्रा ? जानिराखौं

Neuro
हाम्रो शरीरलाई दैनिक कति चाहिन्छ पानीको मात्रा ? जानिराखौं

पानी हाम्रो शरीरका लागि एकदम अत्यावश्यक पदार्थ हो । यो हाम्रो जीवनको श्रोत हो । पानीको कमीले हाम्रो शरीरमा डिहाईड्रेसन हुन्छ, रगतको कमि हुन्छ र हामी बेहोस समेत हुन सक्छौं  । पानी नखाई अवस्था लामो समय सम्म बस्दा मानिसको मृत्यु नै हुन सक्छ । पानीले शरीरको तापक्रममा नियन्त्रण गर्नुका साथै कब्जियत हटाएर शारीरिक प्रक्रियालाई सही राख्न मद्दत गर्छ । पानीले हामीले खाएको खानालाई पचाउन समेत सहयोग गर्छ ।

cura insider

शरीरमा पानीको कमी हुँदा छाला सुक्खा हुने, स्किन एलर्जी र छाला रातो हुने लगायतका छाला सम्बन्धी अन्य रोग पनि देखा पर्न थाल्छ । त्यसैले, हरेक मानिसले दैनिक डेढ देखि साढे दुई लिटरसम्म पानी पिउनुपर्छ । तर , हाम्रो शरीरलाई कति पानी चाहिन्छ त्यो हामीलाई थाहा हुदैन । हामीले पसिना, सास र दिसा पिसाबबाट दिनमा साँढे दुई लिटर पानी गुमाउने गर्छौं ।

यसरी शरीरबाट गुमेको पानी पूर्ति हुने गरी हामीले पानी पिउनुपर्छ । पानीको मात्रा हाम्रो जीवनशैलीमा र मौसम अनुसार भर पर्ने गर्छ । शारीरिक श्रम नपर्ने, कुर्सीमा बसेर काम गर्नेहरुले भन्दा शारीरिक श्रम पर्ने व्यक्तिहरुले धेरै पानी पिउनु पर्छ । शारीरिक ब्यायाम गर्ने, गर्मी मौसममा काम गर्ने र स्तनपान गराइरहेका आमाहरूले पनि धेरै पानी पिउने गरउनु पर्छ ।

शरीरलाई चाहिने पानीको मात्रा शरीरको तौलमा पनि भर पर्ने गर्छ । शरीरको तौल किलोग्राममा जति छ, त्यसलाई ०.०३३ ले गुणन गर्दा जति आउँछ सरदर त्यति नै लिटर पानी पिउन उचित हुन्छ । यसका साथै आफ्नो शरीरको तौललाई ३० ले भाग गर्दा जति आउछ, हामीले दिनहु त्यति पानी मात्र पिउने गर्दा पनि हाम्रो शरीर स्वस्थ हुने गर्छ । हामीले यसरी आफ्नो उमेर संग हिसाब गरेर पानी पिउन सुरु गर्नु पर्छ ।

साथै बिहान बिहान योग, ब्यायाम तथा जगिंग जाने व्यक्तिहरुले फर्केर आएपछि आदि घण्टाको अन्तर राख्दै प्रसस्त मात्रामा पानी पिउने गर्नु पर्छ । शरीरको २० प्रतिसत पानी हामीले खानेकुराबाट प्राप्त गर्न सक्छौं । यदि हामीले पानीको मात्रा पिएर पूर्ति गर्न नसकेको खण्डमा पानीको मात्रा धेरै हुने फलफुल, झोलिलो पदार्थ, जुस तथा खानेकुराको सेवन गर्दा पनि हुन्छ ।

तर, शरीरमा चाहिने पानीको मात्रा पुगाऊनका लागि हामीले एकै पल्ट धेरै पानीको सेवन पनि गर्नु हुदैन । यस्तो गर्नु हाम्रो शरीरको लागि हानिकारक हुन सक्छ । यस्तो गर्दा मिर्गौलामा असर पर्न सक्छ । त्यसैले, केही समयको अन्तरालमा पानी पिउने गर्नु पर्छ । बिहान खाली पेटमा मनतातो पानी पिउनु र खाना खाएको अधि घण्टा पछि पानी पिउने बानी बसाएमा यो बानी हाम्रो शरीरका लागि एकदम लाभदायिक हुन्छ ।

jackson ribon