birat ribon

एथ्लेटिकोका कप्तान गोडिन इन्टर मिलानमा अनुबन्धित

Neuro
एथ्लेटिकोका कप्तान गोडिन इन्टर मिलानमा अनुबन्धित

एजेन्सी,
स्पेनिस क्लब एथ्लेटिको मड्रिडका कप्तान डिएगो गोडिन इटालियन क्लब इन्टर मिलानमा अनुबिन्धत भएका छन् । ३३ वर्षीय गोडिनसँग इन्टर मिलानले तीन वर्षे सम्झौता गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

cura insider

सन् २०१० मा भिल्ला रियलबाट एथ्लेटिको आएका उनले एथ्लेटिकोलाई समान एक–एक पटक ला लिगा र कोपा डेल रे जिताएका छन् भने दुई पटक युरोपा लिगको उपाधि दिलाएका छन् ।

एथ्लेटिकोमा करिब ९ वर्ष बिताएका उनले एथ्लेटिकोलाई दुई पटक च्याम्पियन्स लिगको फाइनलमा पुर्याएका छन् । उरुग्वेको राष्ट्रिय फुटबल टोलीका कप्तानसमेत रहेका उनले इन्टर मिलानसँग सन् २०२२ को जुन ३० सम्मको सम्झौता गरेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

jackson ribon