fbpx

मलामी गएका युवक नदीमा वेपत्ता

डोटी,

दिपायल सिलगढी नगरपालिका वडा नं ४ स्थित सेती नदीमा नुहाउने क्रममा आज दिउँसो बगेर एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सोही स्थानमा बस्ने ४० वर्षीय चक्र कुञ्जेडा रहेका छन् ।

इलाका प्रहरी कार्यालयका प्रमुख कमलापती पन्तका अनुसार मलामी आएको बेलामा नदीमा नुहाउने क्रममा उनको मृत्यु भएको हो । नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीवासीले उनको खोजी गरिरहेको भएता पनि नदीमा पानीको बहाव बढी भएको तथा धमिलो पानी भएका कारण गदा पनि खोजीकार्यमा समस्या भइरहेको प्रहरीले जनाएको छ ।

उच्च गर्मीका कारण सेती नदीमा नुहाउन जानेको सङ्ख्या बढ्दै गएकाले गत जेठ महीनादेखि अहिलेसम्म उक्त नदीमा बगेर पाँच जनाको मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

10 + eight =

Loading...