birat ribon

साउन २४ गते को रिलिज मिति तय गर्दै फिल्म ‘काँचुली’ को पोस्टर सार्वजनिक

Neuro
साउन २४ गते को रिलिज मिति तय गर्दै फिल्म ‘काँचुली’ को पोस्टर सार्वजनिक

विराटनगर,

cura insider

चलचित्र ‘काँचुली’को पहिलो अफिसियल पोस्टर सार्वजनिक भएको छ । काठमान्डौंको भद्रकाली मन्दिर परिसरमा फिल्को निर्माण टिमले मिलेर असहायहरुलाई असर १५को अवसर पारेर सबैलाई दही चिउरा बितरण गर्दै चलचित्रको पहिलो औपचारिक पोस्टर सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको पोस्टर अरु फिल्मको पोस्टरहरु भन्दा निकै फरक रहेको छ ।

शंखर अधिकारीको निर्देशनमा तयार भएको यस फिल्ममा नायिका शुभेच्छा थापा, अस्मी थापा, सुवास गजुरेल, राजन महर्जन, रिजन बिशुन्खे, राजन श्रेष्ठ, असिम थापा, अन्जना ज्योती, भुमा सापकोटा, आरजे भिलेन, टेकराज शर्मा, मिलन तामाङ लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

यस फिल्ममा बास्तविक जीवनमा आधारित रहेर जसरी समय र परिस्थिति अनुरुप सर्पले आफ्नो काँचुली फेर्छ त्यसै गरि हाम्रो वरीपरि भएको मानिसले पनि रङ फेर्न वा आफु प्रतिको व्यवहार परिवर्तन सक्ने भन्ने देखाउने प्रयास गर्न खोजिएको छ । बिजी बर्माको ब्यानरमा रहेर निर्माण भएको यस फिल्ममा कला राईको प्रस्तुति रहेको छ ।

सुशील डाँगीको छायांकनमा तयार हयेको यस फिल्मका गीतहरुमा राजन महर्जनको नृत्य निर्देशन रहेको छ । आगामी मङ्सिरमा रिलिज गरिने भनिएको यस फिल्मलाई अब भने साउन २४ गते प्रदर्शन हुने भएको छ । सार्वजनिक गरिएको फिल्मको पोस्टरमा रिलिज मिति तय गरिएको छ ।

jackson ribon