birat ribon

भारतीय अलराउन्डर विजय शंकरले विश्वकपका बाँकी खेल गुमाउने

Neuro
भारतीय अलराउन्डर विजय शंकरले विश्वकपका बाँकी खेल गुमाउने

एजेन्सी,
भारतीय अलराउन्डर विजय शंकरले इंग्ल्याण्ड र वेल्समा जारी १२औं संस्करणको आईसीसी एकदिवसीय विश्वकपका बाँकी खेल गुमाउने भएका छन् । २८ वर्षीय विजय शंकर घाइते भएपछि विश्वकपका बाँकी खेल गुमाउने भएका हुन् ।

cura insider

उनी आइतबार भएको इंग्ल्याण्डविरुद्धको खेल खेल्नुअघि वार्मअपका दौरान घाइते हुन पुगेका थिए । उनको खुट्टाको औंलामा चोट लागेको छ । वार्मअपका दौरान जसप्रित बुमराहको बल उनको खुट्टाको औलामा लागेको थियो । विजय शंकर घाइते हुन पुगेपछि उनको स्थानमा ऋषव पन्तले खेलेका थिए ।

जारी विश्वकपमा तीन खेल खेलेका उनको खट्टाको चोट तत्कार निको नहुने भएपछि उनले विश्वकपका बाँकी खेल गुमाउने बिसीसीआईले जनाएको छ । बीसीसीआईका अनुसार अब उनको स्थानमा मयंक अग्रवाल हुने जनाएको छ ।

jackson ribon