fbpx

आखिर किन सक्दैनन् त महिलाहरूले आफूमा कुरा लुकाएर राख्न ?

महिलाहरुले कहिले पनि केहि कुराहरु आफैँमा सिमित राख्न सक्दैनन् । यसरी कुरा लुकाएको खण्डमा उनीहरुलाई कसलाई सुनाउ कसलाई सुनाउ हुने गर्छ । यदि केहि दिन सम्म उनीहरुले केहि कुरा लुकाएर बसे पनि पनि उनीहरुलाई उक्त कुरा एक प्रकारको बोझ जस्तै लग्न सक्छ । उक्त बोझबाट छुटकारा पाउनका लागि नै महिलाहरु कोही न कोही आफ्नो साथी वा मिल्ने कसैलाई भनि हाल्ने गर्छन् ।

देश विदेशमा गरिएको विभिन्न अनुशन्धानका अनुसार महिलाहरु पुरुषको तुलनामा धेरै इमोशनल हुने गर्छन् । उनीहरु पुरुषको तुलनामा भन्दा पनि धेरै अगाडी आफ्नो मनको भावाना पोख्ने गर्छन् । उनीहरु छिट्टै अरुलाई विश्वास गर्ने प्रवृतिका हुन्छन् । त्यहि भएर पनि उनीहरुले अरुलाई छिट्टै विश्वास गरेर आफ्नो कुराहरु वा आफुले अरुबाट सुनेका कुराहरु सजिलै अरुलाई भन्ने गर्छन् ।

महिलाहरुमा अरुको गोप्य कुराहरु जान्ने उत्सुकता पनि अलि बढी हुने गर्छ । उनीहरु आफ्नो आफन्त, छिमेकी देखि लिएर आफ्ना आसपासका मानिसहरुको सानो भन्दा सानो कुरामा पनि निकै चासो राख्ने गर्छन् । जब कुनै पनि नयाँ कुरा उनीहरुले थाहा पाउछन्, तब त्यसलाई आफैँमा सिमित राखेर कसैलाई नभनी धेरै बेर सम्म बस्दा उनीहरुमा उक्त कुरा बोझ बन्न थाल्छ ।

उनीहरुको दिमाग भारी भएर दिमागले पनि काम गर्ना छोड्छ। महिलाहरुलाई सजिलै इमोशनल बनाएर कुनै पनि कुरा उनीहरुको मुखबाट फुत्काउन सकिन्छ । यसरी एक आपसमा कुरा फैलिदै जादा कुराहरु मिसिएर अर्कै अर्थ समेत लाग्ने गर्छ । यसले कसैको घर समेत बिगार्न सक्छ । यो कुराको फाइदा धेरैले उठाउने गरेको पाइन्छ । त्यहि भएर महिलाहरुले आफ्नो कामहरुमा ध्यान दिएर कुरा सुनाउने महिलाहरुबाट टाढा रहेर ध्यान गर्नु पर्छ ।

प्रतिक्रिया

Loading...