birat ribon

दैनिक हेभी मेकअप गर्नाले हुनसक्छ छालामा विभिन्न रोग

Neuro
दैनिक हेभी मेकअप गर्नाले हुनसक्छ छालामा विभिन्न रोग

आजकल कतै जानुअघि महिला होस् वा पुरुष, सबैलाई सुन्दर र आकर्षण बन्न मन हुन्छ । कोभन्दा को राम्रो भन्ने चलनले गर्दा आजकल कतै जानुअघि हेभी मेकअप गरेर जाने गरेको पाइन्छ ।

cura insider

घरमा मेकअपको ज्ञान धेरै नभएको कारण आजकल सानो होस् या ठूलो भोज, पार्टीहरूमा जानुअघि महिला तथा पुरुषहरू ब्युटी पार्लर गएर महँगो पैसा खर्च गरेर सुन्दर हुन खोजछन् । पार्टी सानो होस् या ठूलो आफ्नो ड्रेसअपसँग मिल्ने गरी मेकअप गर्ने गरिन्छ । आजकल विशेषगरी महिलाहरुलाई जहाँ जादा पनि मेकअप गरेर जानु पर्ने आवश्यक बनिसकेको छ ।

राम्री देखिनुका साथै हाम्रो अनुहारको छालामा घाम, धुलो, धुवा तथा अरु विभिन्न किसिमको संक्रमण नहोस् भनेर नै धेरै जसोले मेकअपको प्रयोग गरिरहेका हुन्छन् । हामी मेकअप त गर्छौं तर, कुन सामानको कति प्रयोग गर्ने, कसरी गर्ने, कुन तरिकाले गर्ने विषयले महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ ।

अनुहारलाई राम्रोसंग फेसवासले सफा गरिसकेपछि सफा कपडाले पुछेर हाम्रो छाला सुख्खा नहोस् भन्नका लागि टोनर र मोइस्चराइजिङ क्रिमको प्रयोग गर्नु पर्छ । कतै घाममा बाहिर जादा सन्सक्रिमको प्रयोग अनिवार्य गर्नु पर्छ । यसलाई सामान्य मेकअप भनिन्छ ।

यसका साथ साथै सुन्दर देखिनका लागि अरु विभिन्न सामग्रीको प्रयोग गरिन्छ भने त्यस्तो लाई हेभी मेकअप भन्ने गरिन्छ । अनुहारमा लगाउने कुनै पनि उत्पादन जस्तै फेसवास, क्लिनर, टोनर, क्रिम इत्यादी विभिन्न मेकअपको सामग्रीहरु किन्दा आफ्नो छालाको प्रकृति अनुसार विचार गरेर मात्र लिने गर्नु पर्छ । कम गुणस्तरका तथा म्याद गुज्रेका भिभिन्न सामग्रीको उत्पादनले हाम्रो छालामा विभिन्न असर देखाउने गर्छ ।

हामीले मेकअप गरेर राम्री हुने चक्करमा हामी अझै धेरै कुरुप समेत हुन सक्छौं । मेकअपको सामग्रीहरु मा पाइने विभिन्न केमिकल सबैको छालामा सुट गर्ने खललको हुदैन । मेकअपको सामग्री कसैलाई एकदम सुट गर्न सक्छ भने कसैलाई एलर्जी समेत उत्पन्न गराउन सक्छ । हामीले यस्तो कुराको दयन नदिदा हाम्रो छालामा विभिन्न संक्रमण हुने सम्भावना बढ्दै जान्छ ।

हामीले दैनिक हलुका खालको मेकअप गर्नु पर्छ । बढी केमिकल, अल्कोहल र सुगन्ध भएको प्रोडक्टले छालालाई छिट्टै असर गर्छ र यसको असर केही वर्ष भित्रनै देखिन थाल्छ । दैनिक हेभी मेकअप गरेको खण्डमा हाम्रो छालाको रौँ छिद्रहरु बन्द हुन गइ हाम्रो अनुहारमा दाग, कालो पोतो, चाया तथा विभिन्न किसिमको असर देखिन सक्छ ।

दैनिक मेकअप गर्ने बानी छ भने सुत्नुअघि राम्रोसँग मुख धुन निकै आवश्यक छ । त्यसैले हामीले मेकअपका सामग्री किन्दा आफ्नो अनुहारमा सुट गर्ने, गुणस्तर भएको राम्रो सामानहरु किनेर प्रयोग गर्नु पर्छ । त्यसका साथै उक्त सामानहरु कसरी प्रयोग गर्दा राम्रो हुने ज्ञान समेत हासिल गर्न जरुरि देखिन्छ ।

jackson ribon