birat ribon

‘नेयमार बार्सिलोना फर्किँदैनन्’

Neuro
‘नेयमार बार्सिलोना फर्किँदैनन्’

एजेन्सी,
ब्राजिलियन स्टार खेलाडी नेयमार पछिल्ला समय स्पेनिस क्लब बार्सिलोनासँग जोडिएका छन् । सन् २०१७ मा कीर्तिमानी मूल्यमा बार्सिलोनाबाट फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)मा अनुबन्ध भएका उनी पुनः स्पेन फर्कने खबरले अहिले चर्चा पाएको छ ।

cura insider

तर, ला लिगाका अध्यक्ष जाभियर टेबासले भने नेयमार बार्सिलोना नफर्किने बताएका छन् । उनले स्पेनिस रेडियो ओन्डा सिरोसँगको कुराकानीमा नेयमार आफ्नो व्यहारका कारण बार्सिलोना फर्कन असम्भव रहेको बताएका हुन् ।

केही समयअघि पिएसजीले उपयुक्त प्रस्ताव आए नेयमारलाई बिक्री गर्ने बताएको थियो । पिएसजी अध्यक्ष नसिर अल खिलाफीले रिलिज गर्न सक्ने बताएपछि नेयमारलाई बार्सिलोनाले क्याम्प नोउ फर्काउने प्रयास गरिरहेको बताइएको छ ।

दुईवर्षपछि बार्सिलोना फर्किने मनसाय बनाएका नेयमारका बारेमा बोल्दै ला लिगा अध्यक्ष टेबासले भनेका छन्, ‘मेरो विचारमा नेयमार बार्सिलोना फर्किँदैनन् । हामी सधैँ उत्कृष्ट खेलाडी चाहान्छौं तर नेयमारको सन्दर्भमा उनको व्यवहार राम्रो छैन । उनी राम्रा उदाहरण हैनन् ।’

‘हामीले ला लिगालाई व्यवस्थित गर्न धेरै नै काम गरेका छौं । हामी हाम्रो परिचय फेर्न चाहान्नौँ’, उनले थपे, ‘हो, नेयमार प्रतिभाशाली खेलाडी हुन् । २७ वर्षीय उनी खेल मैदानमा राम्रो उदाहरण बन्न सक्छन् । तर, उनको व्यवहार महत्त्वपूर्ण कुरा हो ।’

टेबासले नेयमार उत्कृष्ट खेलाडी बन्न सक्ने बताउँदै भने, ‘उनी महान् खेलाडी बन्न सक्छन्, तर मैदानबाहिरको उनको व्यवहार उचित छैन । मेरो विचारमा उनी ला लिगा फर्किँदैनन् । किनकी, उनी राम्रो उदाहरण होइनन् ।’

नेयमार अहिले आफ्नै भूमिमा भइरहेको कोपा अमेरिका कप खेलिरहेको ब्राजिलको टोली बाहिर छन् । कतारविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा घाइते भएपछि उनी ब्राजिलको टोली बाहिर छन् ।

jackson ribon