birat ribon

स्वाद र सुगन्धको लागि प्रयोग गरिने हरियो धनियाँका फाइदाहरू

Neuro
स्वाद र सुगन्धको लागि प्रयोग गरिने हरियो धनियाँका फाइदाहरू

हरियो धनियाँलाई स्वाद र सुगन्धको लागि भान्सामा मसलाको रुपमा प्रयोग गरिन्छ । यसले हाम्रो तरकारीलाई स्वादिलो र वास्नादार बनाउँछ । यसलाई पिसेर अचारको रुपमा, तरकारीमा, दाल वा अन्य परिकारमा वा काचै प्रयोग गर्न सकिन्छ ।

cura insider

हामीले धनियाँलाई सफा पानीले धोएर मात्र खाने गर्नु पर्छ । सजिलैसंग पाइने धनियाँले हामीलाई स्वाद र वास्नाका साथ साथै अन्य विभिन्न फाइदाहरु पनि दिने गर्छ । हरियो पातहरुमा धेरै फोहर वा जीवाणु छिट्टै टासिने सम्भावना धेरै हुने गर्छ । हामीले कुनै पनि हरियो सागसब्जी तथा धनियाँको सेवन गर्दा कम्तीमा पनि तीनपटक सफा पानीले पखालेर मात्र खाने गर्नु पर्छ ।

बजारमा बेचिने धनिया भन्दा पनि हामीले आफ्नै घरआगँनमा वा कौसीमा उत्पादन गरेर खाने गर्नु राम्रो हुन्छ । हामीले धनियालाई सजिलै संग गमला वा खुल्ला ठाउँमा उमार्न सक्छौं । हरियो धनियालाई नियमित रुपमा सेवन गर्दा हाम्रो पाचन प्रणालीलाई सक्रिय बनौन मद्दत गर्छ ।

यसले हाम्रो पेटमा रहेका कीटाणुहरुलाई पनि मार्ने गर्छ । दैनिक हरियो धनियाको सेवनले गर्दा हाम्रो अपचको समस्या, ग्यास्ट्रिक, एसिडिटी, कब्जियत तथा पेटसम्बन्धी भएको सबै समस्याहरु बिस्तारै कम गराउदै जान्छ । यसको नियमित सेवनले हामीमा भोग जगाएर रोग प्रतिरोधात्मक क्षमतालाई बढाएर हामीलाई विभिन्न रोग लाग्ने सम्भावनाबाट जोगाउने गर्छ ।

धनियाँमा एन्टीमाइक्रोवियल, एन्टीअक्सिेडन्ट, एन्टी डिस्लिपिडेमिक जस्ता विभिन्न औषधिय गुणहरु पाइनुका साथै भिटामिन सी, भिटामिन के, खनिज पदार्थ र प्रोटिन जस्ता पोषक तत्वहरु पाइन्छ । धनियाको सेवनले हाम्रो रगतलाई शुद्धिकरण गरेर शरिरमा अनावश्यक कोलेस्टोरललाई नियन्त्रण गर्छ । खराव कोलेस्टेरोललाई निस्काषित गरेर उक्त रक्तचापलाई नियन्त्रण गर्नुका साथै मधुमेह तथा मुटु सम्बन्धि विभिन्न रोगलाई फैलिनबाट जोगाउछ ।

हरियो धनियाको नियमित सेवनले गर्दा शारीरिक कमजोरी हटाउनका साथ साथै शरीरमा तुरुन्तै उर्जा उत्पन्न गर्न मद्दत गर्छ । त्यस्तै यसमा प्रसस्त मात्रामा भिटामिन ’ए’ पाइने हुदा आँखाको विभिन्न समस्या भएका व्यक्तिहरुले पनि हरियो धनियाको नियमित प्रयोग गर्दा उनीहरुलाई फाइदा पुग्ने गर्छ ।

jackson ribon