birat ribon

‘मेस्सीले एकदिन अर्जेन्टिनाका लागि विश्वकप जित्नेछन्’

Neuro
‘मेस्सीले एकदिन अर्जेन्टिनाका लागि विश्वकप जित्नेछन्’

एजेन्सी,
स्वीस टेनिस खेलाडी रोजर फेडेररले अर्जेन्टिनी स्टार खेलाडी लियोनल मेस्सीको प्रशंसा गरेका छन् । पुरुष एकल टेनिसको विश्व वरीयतामा तेस्रो स्थानमा रहेका फेडेररले अन्तर्राष्ट्रिय दैनिक पत्रिका द फाइनान्सियल टाइम्ससँगको कुराकानीमा मेस्सी फुटबल इतिहासकै उत्कृष्ट खेलाडी भएको बताएका छन् ।

cura insider

उनले भनेका छन्, ‘मेस्सीले बल भेटेपछि गोल गर्नका लागि तत्परता देखाउँछन् । उनले कि आफूले गोल गर्छन् कि अरुलाई पास गर्छन् । यहीँ नै मेरो लागि मनपर्ने कुरा हो ।’

३७ वर्षीय फेडेररले थपे, ‘मेरो विचारमा मेस्सी फुटबल इतिहासकै उत्कृष्ट खेलाडी हुन् । मलाई उनले फुृटबल खेलेको हेर्न एकदमै मन पर्छ । म आशा गर्छु, एक दिन उनले उनको राष्ट्रिय टिम अर्जेन्टिनाबाट विश्वकप जित्नेछन् ।’

३२ वर्षीय मेस्सी अहिले ब्राजिलमा जारी ४६औं संस्करणको कोपा अमेरिका कपको सेमिफाइनलको तयारीमा जुटेका छन् । मेस्सीको टोली अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मेस्सीले जारी कोपा अमेरिका कपमा तीन खेल खेल्दा एक गोल मात्र गरेका छन् । उनले पराग्वेविरुद्ध पेनाल्टीमार्फत् एक गोल गरेका हुन् ।

jackson ribon