किश्तवाड
भारतको जम्मु काश्मिरको किश्तवाड जिल्लामा सोमबार बिहान यात्रुबाहक बस खोँचमा झरेर भएको सवारी दुर्घटनामा परी ३३ जनाको मृत्यु हुनुका साथै अरु २२ जना घाइते भएका छन् ।
स्थानिय प्रहरी उपआयुक्त अंग्रेज सिंह रानाले दिएका जानकारी अनुसार उक्त बस केशवनबाट आइरहेको र बस भिरालो सडकमा अनियन्त्रित भई खोँचमा झरेको प्रारम्भिक अनुसन्धानमा देखिएको बताए ।
नजिकैको अस्पतालहरुमा घाइतेहरुलाई उपचारका लागि भर्ना गरिएको छ ।