birat ribon

विश्वकप क्रिकेट : श्रीलंका र वेस्ट इन्डिज भिड्दै

Neuro
विश्वकप क्रिकेट : श्रीलंका र वेस्ट इन्डिज भिड्दै

विराटनगर,
इंग्ल्याण्ड र वेल्समा जारी १२औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज श्रीलंका र वेस्ट इन्डिजले खेल्दैछन् । नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेबाट सुरु हुने उक्त खेल इमिरेट्स रिभरसाइडमा हुनेछ ।

cura insider

जारी विश्वकपको अंक तालिकामा श्रीलंका सातौँ तथा वेस्ट इन्डिज नवौँ स्थान छ । यी दुवै टोली सेमिफाइनलको दौडबाट भने बाहिरिइसकेका छन् । श्रीलंकाले ७ खेलमध्ये २ खेलमा जित र तीन खेलमा हार ब्यहोरेको छ । ६ अंक जोडेको श्रीलंकाको दुई खेल वर्षाका कारण रद्व भएको थियो ।

यता, उसको प्रतिद्वन्द्वी यता वेस्ट इन्डिजले भने ७ खेलमध्ये एक खेलमा मात्र जित निकालेको छ । उसले ५ खेलमा हार ब्यहोर्दा एक खेल वर्षाका कारण रद्व भएको थियो ।

jackson ribon