birat ribon

सकियो ‘कबड्डी कबड्डी कबड्डी’को छायांकन, कहिलेबाट प्रदर्शनमा आउँछ ?

Neuro
सकियो ‘कबड्डी कबड्डी कबड्डी’को छायांकन, कहिलेबाट प्रदर्शनमा आउँछ ?

विराटनगर,
फिल्म ‘कबड्डी’ को तेस्रो सिरिजको निर्माण मिति घोषणा भएको छ । तिजको अवसर पारेर फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ यहि भदौ १३ गतेलाई रिलिज मिति तय गरेको छ । फिल्मका निर्माता तथा निर्देशक रामबाबु गुरुङले वितरकसँगको सल्लाहमा मात्र प्रदर्शन मिति फाइनल हुने भने ता पनि वैंकटेश इन्टरटेनमेन्ट नामक वितरक कम्पनीले तोकिएको मितिमै फिल्म रिलिज हुने निश्चित भएको छ ।

cura insider

स्वजातिय विवाह र अन्तजातीय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथामा आधारित हुने यस फिल्ममा अभिनेता दयाहाङ राई, अभिनेत्री उपासना सिंह ठकुरी, अभिनेत्री रिश्मा गुरुङ र अभिनेता कर्मा शाक्यको मुख्य भूमिका रहेको छ । फिल्ममा माओत्से गुरुङ, पुस्कर गुरुङ, विल्सन विक्रम राई, विजय बराल, बुद्धि तामाङ, कमलमणी नेपाल, अरुणा कार्की, पुस्कर गुरुङ, कविता आले, लुनिभा तुलाधर लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

बासुरी फिल्मस्को निर्माण, सिनेमा आर्टको प्रस्तुति, माउण्टेन स्टोरिज र नौमती इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण हुन लागेको चलचित्रलाई निमेश श्रेष्ठले फिल्म सम्पादन गर्दै छन् । ‘कबड्डी कबड्डी कबड्डी’ को सेटबाट उपासनाले प्रायः आफ्ना तस्विरहरु सेयर गरिरहेकी हुन्छिन् । हालै यस फिल्मको छायांकन सकिएको छ । फिल्मको पोस्ट प्रदक्सनको काम सुरु भएको छ ।

निर्माण टिमले एक पोस्टरमार्फत् भाद्र १३ गतेलाई फिल्मको प्रदर्शन मिति घोषणा गर्ने भएको छ । उक्त मितिमा अभिनेत्री साम्राज्ञी आर.एल शाहको मुख्य भूमिका भएको चलचित्र ‘मारुनी’ पनि प्रदर्शनमा आउने पक्का भइसकेको छ । मारुनी’ मा साम्राज्ञीका साथ अभिनेता पुष्प खड्का, रेविका गुरुङ लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ ।

jackson ribon