fbpx

मोटरसाइकल र ट्रक एकआपसमा ठक्कर खाँदा एकको मृत्यु, एक घाइते

चितवन,
भरतपुर महानगरपालिका–२९ खहरे पुलमा आइतबार राति मोटरसाइकल र ट्रक एकआपसमा ठक्कर खाँदा मोटरसाइकल चालकको घटनास्थलमा नै मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना ६ ख २६५९ नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको बा ८० प ८६५७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा मोरङ हरैचाका ३५ वर्षीय राजेन्द्र चौधरीको मृत्यु भएको र सिन्धुली वुलन्जुका ३५ वर्षीय मुरारीप्रसाद बराल सो दुर्घटनामा घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

घाइते बरालको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बरालको अवस्था गम्भीर रहेको छ । मोटरसाइकललाई ठक्कर दिने ट्रक र चालक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
रासस
ऋजबत ऋयलखभचकबतष्यल भ्लम
त्थउभ ब mभककबनभ…

प्रतिक्रिया

Loading...