birat ribon

पीएसजीका मिडफिल्डर युभेन्टस जाँदै

Neuro
पीएसजीका मिडफिल्डर युभेन्टस जाँदै

एजेन्सी,
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मिडफिल्डर एड्रियन राबोट इटालियन क्लब युभेन्टस जाने भएका छन् । सिरी ‘ए’ च्याम्पियन क्लब युभेन्टसले राबोट इटाली आउने निश्चित भएको जनाएको छ ।

cura insider

बीबीसीका अनुसार राबोटले पीएसजीमा थप सम्झौता गर्न अस्वीकार गरेका छन् । यद्यपि, पीएसजीका प्रशिक्षक थोमस टुचेलले पनि उनको सम्झौता नवीकरणमा अनिच्छा देखाएको बताइएको छ ।

तर, उनी आफैंले पनि युभेन्टस जाने इच्छा देखाएको र युभेन्टसले पनि उनीसँग चाँडै नै पूर्ण सम्झौता गर्ने भएको बीबीसीले जनाएको छ । राबोट र पीएसजीको सम्झौता जुन ३० मा सकिएको थियो ।

राबोटको सम्झौताले पूर्णता पाएमा उनी नयाँ सिजन युभेन्टस जाने दोस्रा खेलाडी हुनेछन् । यसअघि युभेन्टसले वेल्सका मिडफिल्डर आरोन राम्सेलाई क्लबमा भित्र्याइसकेको छ ।

jackson ribon