birat ribon

स्पेनलाई युराे यू–२१ च्याम्पियनसिपकाे उपाधि

Neuro
स्पेनलाई युराे यू–२१ च्याम्पियनसिपकाे उपाधि

विराटनगर । स्पेनले इटालीमा जारी युरो यू–२१ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । आज बिहान भएको फाइनल खेलमा जर्मनीमाथि संघर्षपूण जित निकाल्दै स्पेनले उपाधि जितेको हो । उपाधि दाबेदार मानिएको जर्मनी २–१ गोलअन्तरले पराजित भएको छ ।

cura insider

स्पेनको जितमा फावियन रुइज र ड्यानी ओल्मोले १–१ गोल गरे । जर्मनीका लागि नदिम अमिरीले एक गोल गरेका थिए ।

खेलको सातौ मिनेटमा फावियनले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० ले अग्रता लिएको स्पेनले दोस्रो हाफमा एक गोल थपेको थियो । खेलको ६९औं मिनेटमा ओल्मोले गोल गर्दै स्पेनलाई २–० गोलको अग्रता दिलाए ।

खेलको ८८औं मिनेटमा अमिरीले गोल फर्काउँदै २–१ गोलको स्थितिमा ल्याए । तर थप समयमा गोल गर्न नसक्दा जर्मनी उपबिजेतामाा सिमित भएको हो ।

jackson ribon