fbpx

सहमती भएको दिन नै कारखानाले फर्कायो हरियो चियापत्ती, किसानले सडकमै पोखे

इलाम ।

उद्योगीले चिया खरिद नगरेपछि इलामका चिया किसानले मेची राजमार्गमा हरियो चियापत्ती फ्याकेका छन् । किसानले इलाम टि प्रोड्युर्स प्रालि पञ्चकन्याले गुणस्तर नपुगेको भन्दै किन्न नमानेपछि विक्री गर्न लगेको करिव १ हजार किलो हरियोपत्ती फ्याकेका हुन् ।

चियापत्तीको गुणस्तर नपुगेको भन्दै फर्काएपछि विरोध स्वरुप सूर्योदय नगरपालिकाको गेटमै चिया पोखेका किसानहरुले बताए । चिया उद्योगी र नगरपालिकाबीच भएको वार्ता सफल भएपछि आइतबार साझ हरियो चियापत्ती बेच्न पुगेका किसान कारखानाले नकिनेपछि निरास हुदै फर्किका हुन् । उनीहरुले नगरपालिका अगाडि, नयाँचोक, र फिक्कल बजारमा चिया पोखेर बिरोध जनाएका छन्।

यसअघि किसान र उद्योगीले सहमतिमा चिया खरिद बिक्री गर्दै आएकोमा नगरपालिकाले चियाको मूल्य निर्धारणसम्वन्धी कार्यविधि २०७५ लागू गरेर हरियोपत्तीको न्यूनतम मूल्य प्रति किलोग्राम ४० रुपैयाँ कायम गरेको थियो ।

तर उद्योगीले अहिले उत्पादन भएको चियापत्तीमा गुणस्तर खस्किएकाले नगरपालिकाले तोकेको दररेटमा चिया खरीद गर्न नसक्ने भन्दै असार १० गते पत्र पठाएर १२ गतेदेखि उद्योग बन्द गरेका थिए।

उद्योगीको संगठन सूर्योदय टि प्रोड्युर्सस एसोसिएसनमा आवद्ध ५२ वटा चिया कारखाना एकै पटक बन्द भएपछि शनिबार नगरपालिका, किसान, उद्योगी र वाणिज्य संघका प्रतिनिधिबीच उद्योग संचालन गर्ने सहमति भएको थियो।

Loading...