fbpx

अब १६ वर्षमै सरकारी जागिर

काठमाण्डौँ । अब सरकारी जागिर खान १६ वर्ष पुगेपछि नै पाइने भएको छ । संसदीय समितिले १६ वर्षदेखि नै निजामती सेवाकालागि उमेद्वार हुन सक्ने गरि प्रस्ताव गरेको हो ।

यस्तै निजामती सेवामा प्रवेशको अधिकतम उमेर पुरुषका हकमा ३० वर्ष बनाउन पनि संसदीय समितिले निर्देशन दिएको छ।
समितिले महिला तथा विशेष अवस्थाका व्यक्तिको हकमा ३५ वर्ष बनाउन संघीय संसद प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले सरकारलाई निर्देशन दिएको हो ।

आइतबारको बैठकले एक मतले यस्तो निर्देशन दिएको हो । अहिले भइरहेको महिला तथा विशेष अवस्थाका व्यक्तिहरूले ४० वर्षसम्म र पुरुषले ३५ वर्षसम्म निजामतीमा जान पाउने व्यवस्थालाई संशोधन गरी ३५ वर्ष र ३० वर्षमा झार्न समितिको बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन छ ।

समिति सभापति शशी श्रेष्ठले अन्य कानुन बाझिने नबाझिने अवस्था हेरेर निर्देशनअनुसार संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा परिमार्जन गरेर ल्याउन निर्देशन दिएकी छिन् । विधेयकको दफावार छलफलका क्रममा समितिले दफा १६ माथिकोउम्मेदवार हुन अयोग्यताुसम्बन्धी छलफलमा उक्त निर्देशन दिएको हो।

समितिले प्रवेशको उमेर पनि घटाउन प्रस्ताव गरेको छ। समितिको नयाँ प्रस्तावअनुसार निजामती सेवा प्रवेशको न्यूनतम उमेर १६ वर्ष हुनेछ। त्यस्तै अधिकतम उमेर ३० वर्ष प्रस्ताव गरेको छ।

निजामती सेवामा प्रवेशको न्यूनतम उमेर यसअघि राजपत्रअनंकित वा सो सरहको पदमा १८ वर्ष र राजपत्रांकित वा सो सरहको पदमा २१ वर्ष थियो। सरकारले छलफलमा रहेको विधेयकमा उक्त व्यवस्था जस्ताको तस्तै राखेको थियो। समितिमा छलफलपछि एक मतबाट उमेर घटाउने प्रस्तावअनुसार विधेयक संशोधन गर्न निर्देशन दिइएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले भने अहिलेको व्यवस्था नै सही भएको बताएका छन् । उनले सरकारले ल्याएको प्रस्ताव नै वैज्ञानिक भएकाले पारित गरिदिन समेत आग्रह गरे ।

प्रतिक्रिया

one × three =

Loading...