birat ribon

किरण लामाको कनेक्सन खाेज्दै प्रहरी

Neuro
किरण लामाको कनेक्सन खाेज्दै प्रहरी

विराटनगर,
शनिवार राति मोटरसाइकललाई ठक्कर दिएर फरार रहेका किरण लामाकाे खाेजी गरिरहेकाे प्रहरीले उनकाे कनेक्सन पनि खाेज्न थालेकाे छ । छाेटाे समयमा अार्थिक प्रगति गरेका लामाकाे कनेक्शन खाेज्न सुरू गरेकाे हाे ।

शनिवार राति विराटनगर एयरपोर्ट मोडमा रहेको ह्याजट्याग होटलमा लामासहितको समूह बसेकाे थियाे । साे क्रममा उनीहरूले २९ हजार रुपैयाँ बरावरकाे सामाग्री प्रयाेग गरेकाे प्रहरीले बताएकाे छ । 

cura insider

हाेटलबाट कार चढेर हिँडेका ३० वर्षीय लामा बरगाछीमा मोटरसाइकल चालकलाई ठक्कर दिएपछि फरार छन् ।

शनिवार राति करिब ११ बजे विराटनगर– ४ बरगाछीमा लामाको कारको ठक्करबाट विराटनगर –१२ का १८ वर्षीय शंकरकुमार मिश्रको मृत्यु भएको थियो ।

मिश्र को३प ५६ ३४ नम्बरको मोटरसाइकलमा सवार थिए । लामा बा २० च ७४० नम्बरको कारमा सवार थिए । नियोजित रुपमा दुर्घटना गराएको हुनसक्ने सूचना आएपछि प्रहरीले उनको खोजी तीब्र बनाएको छ ।

अनुसन्धानका लागि प्रहरीले होटलको सीसी टिभी फुटेज र सडकको सिसी टिभी फुटेजको पनि अध्ययन गरिरहेको डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

सम्बन्धित समाचारहरु:

सवारी दुर्घटना प्रकरण : किरण लामा खोज्दै प्रहरी, मृतकका आफन्तको प्रदर्शन

किरण लामाको कारकाे ठक्करबाट शंकरको ज्यान गयो

jackson ribon