birat ribon

‘ग्रीन टी’का केही फाइदाहरू, कहिले र कसरी पिउने ?

Neuro
‘ग्रीन टी’का केही फाइदाहरू, कहिले र कसरी पिउने ?

हामीले बिहान तथा दिउसो चिया खाने गर्छौं । हामीहरुले धेरै जसो कालो चिया, दुध हालेको चिया, अधुवा चिया वा ग्रिन टीको प्रयोग गर्ने गर्छौं । यी विभिन्न प्रकारका चिया मध्ये ग्रिन टी हाम्रो स्वास्थ्यको लागि निकै फाइदाजनक हुने गर्छ । हाम्रो शरीरमा रहेका विभिन्न समस्याहरुको समाधान गर्न मद्धत गर्ने भएकाले मानिसहरुले आजकल अरु प्रकारको चिया भन्दा पनि ग्रिन टी पिउन रुचाउन थालेका छन् ।

cura insider

चिनी नहालि पकाएको ग्रिन टीमा जिरो क्यालोरी हुन्छ । यसमा अन्य चियामा भन्दा उच्च एन्टिअक्सिडेन्ट पाइन्छ भने क्याफिनको मात्रा २० देखि ४५ मिलिग्राम मात्र हुने गर्छ । विभिन्न देशहरुमा ग्रिन टीलाई रगतको बहाव रोक्न, घाउ छिट्टै निको पार्न, पाचन प्रणालीलाई मजबूत पार्न, मुटु र मानसिक स्वास्थ्य तथा शरिरको तापक्रमलाई नियमित राख्नका लागि औषधिको रुपमा प्रयोग गरिन्छ ।

ग्रिन टीले तौल घटाउनका लागि उत्तम मानिन्छ । यसले कलेजोको समस्या तथा मधुमेहका लागि पनि सकारात्मक असर पार्ने गर्छ । ग्रिन टीले स्ट्रोक, ट्युमर तथा क्यान्सरबाट समेत हामीलाई जोगाउने गरेको हुन्छ । विभिन्न अनुसन्धानका अनुसार महिलाहरुमा हुने स्तन, ब्लाडर, पाठेघर, फोक्सो, प्रोस्टेट, छाला तथा पेटको क्यान्सरमा समेत ग्रिन टीले सकारात्मक प्रभाव पारेको पाइएको छ ।

अध्ययनका अनुसार ग्रिन टी उपभोग नगर्नेहरुमा भन्दा गर्नेमा क्यान्सर हुने सम्भावना ५० प्रतिशत कम भएको पत्ता लागेको छ । ग्रिन टीमा पाइने पोलिफेनल तत्वले क्यान्सर युक्त कोषिकाहरु मरेर शरीरमा क्यान्सरलाई फैलिन बाट बचाउने गर्छ । साथै ग्रिन टीले दाँतको सडन, छाला सम्बन्धि विभिन्न समस्या, आर्थराइटिस जस्ता समस्या समेत समाधान गर्ने पत्ता लागिसकेको छ ।

यसले हामीलाई स्वास्थ्य राख्नमा ठुलो भूमिका निर्वाह गर्ने भएता पनि यसलाई सहि तरिकाले प्रयोग गर्न जानिएको खण्डमा यसको प्रयोग हाम्रो लागी निकै हानिकारक हुन सक्छ । आफु स्वास्थ्य रहनको लागी ग्रिन टीको प्रयोग गर्न जान्नु पार्ने हुन्छ । यसलाई ठिक्क मात्रामा सहि समयमा मात्र पिउने गर्नु पर्छ । ग्रिन टीको धेरै सेवन गर्नाले हामीलाई रिंगटा लाग्ने , वान्ता आउने, कमजोरी हुने जस्ता समस्याले सताउने गर्दछ ।

हामीले खाली पेटमा कहिले पनि ग्रिन टी पिउनु हुँदैन । एक दिनमा दुई वा तीन कप भन्दा बेसी ग्रिन टीको सेवन गर्नु हुदैन । ग्रिन टीमा हामीले दूध र चीनी मिसाएर कहिल्यै पनि पिउने गर्नु हुँदैन । खाना खाइ सकेपछि तुरुन्त ग्रिन टीको सेवन गर्नु हाम्रो स्वास्थ्यको लागि निकै खतरनाक हुन्छ । हामीले ग्रिन टीमा चिनीको सट्टामा बरु मह मिसाएर पिउनु हाम्रो शरीरको लागि निकै फाइदाजनक हुन्छ ।

jackson ribon