birat ribon

‘आई एम ट्वान्टी वान’ मा धिरजसँग स्वस्तिमा र जसिताको त्रिकोणात्मक प्रेम

Neuro
‘आई एम ट्वान्टी वान’ मा धिरजसँग स्वस्तिमा र जसिताको त्रिकोणात्मक प्रेम

काठमाडौं,
चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ सफल भएको कार्यक्रम आयोजित गर्दै फिल्मकी निर्देशका रेनशा वान्तवा राईले नयाँ चलचित्र ‘आई एम ट्वान्टी वान’ निर्माणको घोषणा गरेकी थिइन् । ‘इन्टु मिन्टु लण्डनमा’ बाट डेब्यू गरेका अभिनेता धिरज मगरलाई यस चलचित्रमा पहिलानै लन्डनमै अनुबन्धित गरिएको थियो । रेनशाले धिरजलाई ‘इन्टु मिन्टु लण्डनमा ’ सहित एकसाथ तीन फिल्ममा साइन गराएकी थिइन् ।

cura insider

अगष्टबाट छायांकन सुरु हुने भनिएको यस फिल्ममा धिरजको जोडीको रुपमा नायिका जसिता गुरुङलाई अनुबन्धित गरिएको चर्चा समेत चलिरहेको छ । तर, निर्माण टिमले उनीसँग मौखिक सहमती भइसके पनि कागजी सम्झौता भने गरेको छैन । त्रिकोणात्मक प्रेमकथामा आधारित भएर बन्ने यस फिल्मका लागि दुई अभिनेत्रीको खोजि भइरहेको छ । दोस्रो मुख्य अभिनेत्रीको रुपमा फिल्ममा स्वस्तिमा खड्कालाई अनुबन्धित गरिएको खवर बाहिरिएको छ ।

स्वस्तिमासंग निर्माण टिमले केहि हप्ता अगाडी कागजी सम्झौता समेत गरिसकेको कुरा चर्चामा रहेको छ । तर, निर्दे्शिका रेनशाले स्वस्तिमा र जसिता दुबैसँग कुरा भए पनि उनीहरु फाइनल नभएको बताएकी छिन् । धिरज बाहेक कसैसँग पनि कागजी सम्झौता नभएको उनले बताएकी छिन् । केही महिनायता फिल्मको स्क्रिप्टमा काम भइरहेको र छिट्टै मुख्य अभिनेत्रीहरु फाइनल हुने उनले थपिन् ।

यस चलचित्रलाई आउँदो बर्षको दशैंमा रिलिज गर्ने समेत रेनशाले घोषणा गरिसकेकी छिन् । लभ स्टोरी कथामा अधरारित रहने यस चलचित्रलाई रेनशाले नै निर्देशन गर्ने भएकी छिन् । धिरजले यस फिल्मका साथ साथै रेनशाका श्रीमान प्रज्वल सम्सेर जबराको निर्माणमा तयार हुन लागेको फिल्म ‘मेरो एउटा साथी छ २’मा मुख्य भूमिका निर्वाह गर्ने चर्चा समेत चलि रहेको छ ।

jackson ribon