birat ribon

माछाले निम्त्याउन सक्छ यस्ता समस्या

Neuro
माछाले निम्त्याउन सक्छ यस्ता समस्या

माछा खाने गर्दा यसले हाम्रो मस्तिष्कलाई सधैं ताजा र तेज राख्नमा मद्दत पुर्याउँछ । हामीले मासु भन्दा पनि माछा धेर खानु पर्छ । मासु पचाउनका लागि झन्डै ३२ देखि ३६ घन्टा लाग्ने गर्छ भने माछा पचाउनका लागि २ देखि ३ घन्टा मात्र लाग्ने गर्छ । माछाको सेवनले शरीरको खराव कोलेस्टेरोल घटाएर रक्त चापलाई नियन्न्त्रणमा राखेर मुटु सम्बधी रोग लाग्नबाट बचाउनुका साथै हामीलाई हार्टयाट्याक हुन दिँदैन ।

cura insider

माछा खाने गर्नाले डिप्रेसन बाट मुक्त भइ हामीलाई अत्यन्त राम्रो निन्द्रा आउने गर्छ । यसले आँखाको भिजन बढाउनुको साथ साथै आँखा र छालालाई सधैं स्वस्थ्य राख्न मद्दत गर्छ । माछाको सेवनले हाम्रो शरीरमा तुरुन्तै उर्जा उत्पन्न गर्नुका साथ साथै काम गर्न फुर्ति प्रदान गर्नुका साथै हाम्रो दैनिक कार्यमा समेत राम्रो परिवर्तन गर्न थाल्छ ।

माछाको सेवनले हाम्रो शरीरको वजन घटाएर हाम्रो तौललाई नियन्त्रण गरेर कलेजोमा लाग्ने विभिन्न रोगबाट बचाउनका साथै क्यान्सरबाट छुटकारा पाउन समेत सहयोग र्पुयाएको हुन्छ । माछामा प्रशस्त मात्रामा भिटामिन ’डी’ र क्याल्सियम पाइने हुँदा यसको सेवनले हाम्रो हड्डी तथा दाँतलाई मजबुत बनाउन मद्दत गर्छ । तर, हरेक कुराको फाइदा संग संगै बेफाइदा पनि हुने गर्छ । माछा खादा पनि हाम्रो शरीरमा बेफाइदा हुने गर्छ ।

धेरै जसो माछामा काँडा हुने हुदा हामीले माछा खादा ध्यान दिएर खानु पर्छ । ध्यान नदिएको खण्डमा माछाको काँडा हाम्रो घाटीमा अड्केर हाम्रो ज्यान समेत जान सक्ने सम्भावना हुन्छ । यदि कुनै समय माछा खादा घाटिमा अड्किएको खण्डमा हामीले केरा वा चिउरा खाने गर्नु पर्छ । गर्भवती महिला तथा मधुमेहले ग्रसित भएका व्यक्तिहरुले माछाको सेवन गर्नु राम्रो मानिंदैन ।

माछामा धेरै पारो धातु पाइने हुदा गर्भवती महिलाहरुको लागी माछाको सेवन गर्नु घातक हुन सक्छ । यसको असर आमामा भन्दा पनि पेट भित्र रहेको शिशुमा पर्न जान्छ र बच्चामा विविध खोटहरु देखिनुका साथ साथै जन्मेको बच्चामा सुस्त मनोस्थितिको समस्या देखा पर्ने सम्भावना हुने गर्छ । मधुमेह भएका व्यक्तिहरुले पनि माछा सेवन गर्नु उचित हुदैन । माछामा कोलेस्ट्रोलको मात्रा बढी हुने भएकोले यसले रगतमा चिनीको मात्रा बढाएर उक्त रक्तचाप तथा स्वास्थ्यमा विभिन्न समस्याहरु देखा पर्न थाल्छ ।

jackson ribon