birat ribon

विश्वकप क्रिकेट : भारतविरुद्ध टस जितेर ब्याटिङ गर्दै इंग्ल्याण्ड

Neuro
विश्वकप क्रिकेट : भारतविरुद्ध टस जितेर ब्याटिङ गर्दै इंग्ल्याण्ड

विराटनगर,
इंग्ल्याण्ड र वेल्समा संयुक्त रूपमा भइरहेको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अहिले भारत र इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । बर्मिङघममा हुन लागेको यस खेलमा इंग्ल्याण्डले टस जितेर ब्याटिङ रोजेको छ ।

cura insider

बर्मिङघम स्तिथ एजबस्टन क्रिकेट मैदानमा ३ः१५ बजेबाट सुरु हुन लागेको खेलको अबको केही बेरमा भारतले पिÞmल्डिङ थाल्नेछ । दुवै टोलीका लागि यस महत्त्वपूर्ण छ । यस खेल जित्ने टोली सेमिफाइनलमा पुग्नेछन् । तर, इग्ल्यान्डले यस खेलमा हार ब्यहोरेमा विश्वकपमा उसको अवस्था कठिन हुनेछ । यता, जारी विश्वकपमा अपराजित रहेको भारतले भने इंग्ल्यान्डलाई हराएमा सेमिफाइनलमा स्थान बनाउनेछ ।

जारी विश्वकपमा उच्च प्रदर्शन गदै आएको भारतले ६ खेलबाट ११ अंक जाडेको छ । ऊ अंकतालिकाको दोस्रो स्थानमा छ । यस्तै अंकतालिकाको पाँचौं स्थानको इग्ल्यान्डले भने ७ खेलबाट ८ अंक जोडेको छ ।

jackson ribon