birat ribon

आज असार १५ गते अर्थात् दही चिउरा खाने दिन, यस्ता छन् दही चिउरा खानुका फाइदा

Neuro
आज असार १५ गते अर्थात् दही चिउरा खाने दिन, यस्ता छन् दही चिउरा खानुका फाइदा

आज असार १५ गते वा आज दही चिउरा खाने दिन पनि भनिन्छ । पहिला देखि नै परम्परागत रुपमा चलि आएको दहि चिउरा खाने दिनमा दहि चिउरा खाएर आफ्नो दिनको सुरुवात गर्ने गरेका छन् । परम्परा र संस्कृतिका साथ साथै दहि चिउरा खानु हाम्रो स्वास्थ्यको लागि पनि धेरै नै फाइदाजनक हुने पाइएको छ । दही हाम्रो स्वास्थ्यको लागि निकै फाइदाजनक हो भन्ने सबैलाई राम्ररी थाहा भएको कुरा हो । यसका साथ साथै चिउरा पनि हाम्रो स्वास्थ्यको लागि फाइदाजनक हुने गर्छ ।

cura insider

दही र चिउरालाई सँगै सेवन गर्दा हाम्रो शरीरलाई चाहिने विभिन्न आवश्यक पोषक तत्व सजिलै प्राप्त गर्न सकिन्छ । किन भने दही चिउराको सँगै सेवनले हाम्रो शरीरलाई चाहिने सम्पूर्ण पोषक तत्वहरु एकसाथ पुर्ती हुने गर्छ र यसले हामीलाई रोगबाट लड्ने क्षमतामा समेत विकास गरी हाम्रो शरीरलाई स्वास्थ्य राख्न मद्दत गर्छ । दहीमा भिटामिन बी २, बी १२, क्याल्सियम, म्याग्नेसियम, पोटासियम जस्ता तत्वहरु पाउनुका साथै हाम्रो शरीरलाई चिसो पारेर शरीरको तापक्रमलाई नियन्त्रणमा राख्न मद्दत गर्छ ।

त्यसैगरी चिउरामा हाम्रो शरीरलाई चाहिने आइरन, कार्बोहाइड्रेट, क्याल्सियम, भिटामिन बी र प्रोटिन प्रसस्त मात्रामा पाइन्छ । चिउरामा अन्य खाद्य पदार्थ भन्दा भारी भएको हुदा चिउराको सेवनले छिन छिनमै भोक लाग्ने समस्यालाई कम गर्दछ । चिउरामा पाइने कार्बोहाइड्रेटले हाम्रो शरीरमा तुरुन्तै शक्ति प्रदान गर्ने गर्छ । दही र चिउराको सेवनले हड्डि कमजोर हुने समस्यालाई कम गर्छ र हड्डिलाई बलियो बनाउन मद्दत गर्छ ।

त्यस्तै दही र चिउराको सेवनले पेट सित्तल पारेर हाम्रो पाचन प्रणाली पनि राम्रो बनाउछ । दहीमा न्यून मात्रामा बोसो र चिनीको हुने भएको कारणले हाम्रो शरीरमा चिनीको मात्रा नियन्त्रण गरेर हामीलाई कोलेस्टेरोल, उक्त रक्तचाप, मधुमेह तथा विभिन्न मुटुमा हुने रोगहरुबाट बचाउने गर्छ । दही र चिउराको नियमित सेवनले एसिडिटी, ग्यास्ट्रिक, अल्सर तथा ठूलो आन्द्राको क्यान्सरको समस्याहरुबाट जोगाउने गर्छ ।

दहि चिउरा खाए पछि भात खाइ राख्न जरुरी हुदैन । यसले हाम्रो शरीरको तौल नियन्त्रण गर्न मद्दत गर्छ । मोटोपनाले सताएका मान्छेहरुलाई दहि चिउरा खानु निकै लाभदायिक मानिन्छ । दहि चिउराको सेवनले दाँतलाई समेत फाइदा पुर्याउने गर्छ । चिउरा चपाउदा हाम्रो दाँतको कसरत हुने भएको कारणले यसले हाम्रो दाँतलाई बलियो बनाउन मद्दत गर्छ । हामीले दहि चिउरा खादा चिनी नराखी खादा हामीलाई फाइदा हुने गर्छ ।

jackson ribon