birat ribon

‘प्रेमगीत ३’ मा प्रेमको ‘गीत’ बन्ने भइन् क्रिस्टिना गुरुङ

Neuro
‘प्रेमगीत ३’ मा प्रेमको ‘गीत’ बन्ने भइन् क्रिस्टिना गुरुङ

चलचित्र ‘प्रेमगीत’ र ‘प्रेमगीत २’को तेश्रो सिरिज ‘प्रेमगीत ३’ निर्माण हुने घोषणा भए देखि नै यस फिल्मका लागि ’गीत’ को खोजि भईरहेको थियो । अब भने प्रेमको ‘गीत’ भेटिएको छ र कलाकारको समेत टुंगो लागिसकेको छ ।

cura insider

अमेरिकामा बस्दै गरेकी र फिल्मको अडिसनका लागि अमेरिकाबाट नेपाल आएकी क्रिस्टिना गुरुङ खड्कालाई आइतबार निर्माण टिमले ’गीत’ को भूमिकामा अनुबन्धित गरेको छ । उनले यस फिल्ममा अभिनेता प्रदीप खड्कासँग रोमान्स गर्ने भएकी छिन् । गीतको भूमिकाको लागि नयाँ अनुहार लिने निर्णय गरेका निर्माता सन्तोष सेनले ’गीत’को भूमिकाको लागि अडिसन आह्वान गरेका थिए ।

२ हजार ७ सय १४ जनाले ’गीत’ को क्यारेक्टरका लागि आवेदन दिए पनि त्यसबाट उत्कृष्ट २५ जना युवतीलाई अडिसनका लागि छनोट गरिएको थियो । उनीहरुमध्ये अभिनय क्षमता, लुक्स, उचाई र सुन्दरताको हिसाबले ‘गीत’ क्यारेक्टरमा क्रिस्टिना परफेक्ट भएकाले उनलाई फिल्ममा अनुबन्धित गरिएको निर्माता सन्तोष सेनले बताएका छन् । दर्शकले पनि प्रदीपसँग क्रिस्टिनाको जोडी निकै सुहाउने प्रतिक्रिया दिँदै आएको छ ।

गीत’ क्यारेक्टरमा क्रिस्टिना फाइनल भएको घोषणा गर्दै निर्माण टिमले आइतबार उनको क्यारेक्टर पोस्टर समेत सार्वजनिक गर्ने भएको छ । नेपालमा प्लस टुसम्मको अध्ययन सकेर परिवारसँग अमेरिका गएकी क्रिस्टिना बाल्टिमोर युनिभर्सिटीमा आइटी बिषयमा स्नातक गर्दै छिन् । उनले केही म्यूजिक भिडियोमा समेत अभिनय गरिसकेकी छिन् ।

सन्तोषका अनुसार गीतको भूमिका कुनै प्रतिस्पर्धा नभएको र सहभागिता जनाएका २५ जना प्रतिभाशाली भए पनि फिल्मको कथाअनुसार सुहाउँदो भएको कारण क्रिस्टिनालाई ’गीत’ रोजेको बताए ।

आशुसेन फिल्मस्को आगामी फिल्ममा कथाअनुसार सुहाउँदो पात्र भेटे छनोट नभएका २४ जनामा जो कोही पनि रहन सक्ने पनि थपे । ‘प्रेमगीत ३’को कथा २ सय वर्ष पुरानो रहेको बताइएको छ । यस फिल्ममा एकपछि अर्को नयाँ तथा पुराना दिग्गज कलाकार भित्रिएका कारण यो फिल्म छायांकन अगावै दर्शकहरु माझ बहुप्रतिक्षीत फिल्म बनेको छ । आशुसेन फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको यसको चलचित्रलाई निर्देशक छेतन गुरुङ र सन्तोष सेनले मिलेर निर्देशन गर्ने भएका छन् ।

फिल्ममा प्रदीप र क्रिस्टिनाका साथ बालकलाकार अनुभव रेग्मी का, निर्माता सेन, शिव श्रेष्ठ, मनिष राउत, सुनिल थापा लगायतका कलाकारहरुको अभिनय रहने भएको छ । दसैँबाट छायांकनमा जाने यस फिल्मले नयाँ वर्षको छेको पारेर चैत्र २८ गते प्रदर्शनमा आउने भएको छ । ‘प्रेमगीत ३’ पहिलो र दोश्रो संस्करण भन्दा निकै राम्रो तरिकाले निर्माण हुने र नेपाली फिल्म क्षेत्रको लागि एउटा उदाहरण बन्ने निर्माण टिमले बताएको छ ।

jackson ribon