birat ribon

अर्जेन्टिनासँग भिड्नुअघि ब्राजिलका खेलाडीले गरे मेस्सीको तारिफ

Neuro
अर्जेन्टिनासँग भिड्नुअघि ब्राजिलका खेलाडीले गरे मेस्सीको तारिफ

एजेन्सी,
ब्राजिलले आफ्नै भूमिमा जारी ४६औं संस्करणको कोपा अमेरिका कपअन्तर्गत सेमिफाइनलमा अर्जेन्टिनासँग खेल्दैछ । फाइनल प्रवेशका लागि हुने यस खेल बुधबार हुँदैछ ।


ब्राजिलले पराग्वेलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो भने अर्जेन्टिनाले भेनेज्वेलालाई पाखा लगाउँदै अन्तिम चारमा स्थान बनाएको हो । अब, यी दुई टोलीबीचको विजेता टोलीले फाइनलमा स्थान बनाउनेछ ।

cura insider

सेमिफाइनलको अगाडि ब्राजिलका डिफेन्डर थियागो सिल्भाले अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीको खुलेर प्रशंसा गरेका छन् । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)बाट व्यवसायीक फुटबल खेलिरहेका सिल्भाले मेस्सीलाई सर्वकालीन महान खेलाडी भनेका छन् ।

‘उनीविरुद्ध खेल्न निकै कठिन हुन्छ,’ ओ ग्लोबो न्यूजपेपरसँगको अन्तर्वातामा उनले भनेका छन्, ‘उनी सबै कुरामा क्षमतावान छन् । मैले देखेका खेलाडीहरूको सूचीमा उनी समकालीन महान खेलाडी हुन् ।’

‘मैले पेले, जिको अथवा म्याराडोना खेलेको देखिँन । यसर्थ म उनीहरूका बारेमा केही बोल्दिँन, ‘उनले भनेका छन्, ‘मैले मेस्सीलाई मात्र खेलेको देखेको छु । मैले रोनाल्डिन्होलाई देखे । म उनको टिममेट पनि हुँ । मैले रोनाल्डो फेनोमेनोलाई देखेँ, मैले सिडर्फसँग खेलेको छु तर मेस्सी उनीहरूसँग समान छैनन् ।’

उनले थपे, ‘अर्जेन्टिना भनेको अर्जेन्टिना नै हो, हामी उनीहरूसँग हार्न चाहान्नौँ । यदि, मेस्सीको खुट्टामा बल हुन्छ उनी खतरनाक पोजिसनमा हुन्छन् ।’

jackson ribon