birat ribon

अनुहारमा कस्मेटिक उत्पादनहरुको प्रयोगले आउँछ चाँया तथा कालो पोतो

Neuro
अनुहारमा कस्मेटिक उत्पादनहरुको प्रयोगले आउँछ चाँया तथा कालो पोतो

सुन्दर र आकर्षक देखिने चाहना सबैलाई हुने गर्छ । त्यहि भएर पनि हामीले आफूलाई सुन्दर राख्नका निम्ति बजारमा पाइने विभिन्न थरीका कस्मेटिक उत्पादनहरुको प्रयोग गर्ने गर्छौं । तर, सस्तो र उक्त उत्पादनको बारेमा राम्रो ज्ञान र जानकारी नभएको कारणले वा सावधानी नअपनाएको खण्डमा हामीले हाम्रो सुन्दर अनुहारलाई आफैँले कुरुप बनाइरहेका हुन्छौं ।

cura insider

हाम्रो अनुहारमा विभिन्न प्रकारको समस्याहरु देखा पर्न सक्छ तिमध्ये चाँया वा कालो पोतो पनि एक हो । महिला र पुरुष दुवैमा देखिने यो समस्या २० वर्षभन्दा माथिको उमेरमा देख्न सुरु हुन्छ । यो समस्या हुने व्यक्तिहरुलाई गाला, निधार, माथिल्लो ओठ, नाकमा खैरो र कालो रंगका दाग धब्बाहरु देखा पर्न थाल्छ । आँखावरिपरि वा अनुहारमा आउने यस्तो कालो पोतोले हाम्रो सौन्दर्यलाई निकै प्रभाव पारिरहेको हुन्छ ।

समयमा यसको उपचार नगरे अनुहार नै टाटेपाटे हुन जान्छ । बजारमा पाइने विभिन्न सौन्दर्य उत्पादनहरु लगाउनाले गर्दा तथा आफ्नो छालाको प्रकृतिको ध्यान नराखी जे पायो त्यही प्रयोग गर्दा डण्डिफोर र दाग मात्र नभएर चाया तथा पोतोको जोखिम बढ्ने गर्छ । आफ्नो छालाको हेरचाहमा सावधानी नपुर्याउँदा, छालामा हुने मेलामाइनको गडबडी, सूर्यको किरण यो समस्याको मुख्य कारण हुन् ।

यसका साथ साथै बत्तीको प्रकाश, कम्प्युटर, मोबाइलको प्रकाश, पेट, मृगौला, पाठेघर तथा कलेजोको स्वास्थ्य समस्या, रक्तअल्पता, प्रदूषण, हर्मोनल गडबडी, महिनावारी गडबडी, कस्मेटिकको अत्यधिक उपयोग, खानपिनमा असन्तुलन, निन्द्राको कमिले गर्दा पनि चाया–पोतोको समस्या निम्तिने सक्छ । दैनिक खाने कुरामा अत्यधिक अमिलोको सेवन गर्दा पनि हाम्रो अनुहारमा कालो पोतो देख्न सकिन्छ ।

त्यस्तै प्रदुषण, छालाको सरसफाइमा हेलचेक्र्याइँ, पानी कम पिउने, बढी घाममा रहने, चर्को बत्तीको प्रकाशमा बस्ने, धेरै तनाव लिने बानीले समेत कालोपोतो आउने सम्भावना हुन्छ । कालो पोतोले हाम्रो आत्मविश्वास समेत डगमगाइ दिएको छ । कब्जियतको समस्या भएका, कुपोषण भएका र चिल्लो छाला भएका व्यक्तिमा कालो पोतो बढी देखिने गर्छ । साथै पिल्स चक्की सेवन गर्ने तथा अन्य औषधि सेवन गर्नेहरुमा हर्मोन गडबडी हुने हुँदा छालामा असर परी कालोपोतो आउने गरेको पाइन्छ ।

बेलैमा उपचार गरेमा कालो पोतो निको हुन्छ तर, समस्या धेरै नै बल्झिएको छ भने जति उपचार गर्दा पनि सफल हुन नसक्ने समेत हुन सक्छ । यो समस्या हुनेहरुले आफ्नो खानपान र छालाको हेरचाहमा लापरवाही गरेमा उपचार भएर निको भइसकेको कालो पोतो फेरि पनि आउन सक्छ । घामबाट डढेर आएको कालो पोतोलाई नियमति रुपले तालिमप्राप्त एवम् अनुभवी ब्युटिसियनद्वारा फेसियल गराएमा निको हुने देखिएको छ ।

jackson ribon