birat ribon

टी–२० विश्वकप छनौटका लागि पारसको कप्तानीमा राष्ट्रिय क्रिकेट टोली घोषणा

Neuro
टी–२० विश्वकप छनौटका लागि पारसको कप्तानीमा राष्ट्रिय क्रिकेट टोली घोषणा

काठमाडौं,
आउँदो साउन ६ देखि १२ गतेसम्म सिंगापुरमा हुने आईसीसी टी–२० विश्वकप छनौटका लागि नेपाली टोली घोषणा भएको छ । आइतबार पत्रकार सम्मेलन गरी नेपालले १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको हो ।

cura insider

प्रशिक्षक उमेश पटवालसहितको छनोट समितिले पारस खड्काको कप्तानीमा टोलीको घोषणा गरेको हो । प्रशिक्षक कटवालका साथै आईसीसीका प्रतिनिधि अमिनुल इस्लाम र कप्तान पारस खड्काले बन्द प्रशिक्षणमा रहेका २५ खेलाडीबाट १४ जना खेलाडी छनोट गरेका हुन् ।

अष्ट्रेलियामा सन् २०२० मा आयोजना हुने विश्वकपको छनोटको रुपमा रहेको फाइनल जुलाई २२ देखि २८ सम्म सिंगापुरमा आयोजना हुनेछ । एसिया छनोटमा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेत रहेका छन् । नेपाल, सिंगापुर, कुवेत, मलेसिया र कतारबीच प्रतिस्पर्धा हुने प्रतियोगिता राउन्ड रोबिनको आधारमा चल्नेछ । र, विजेता टिम ग्लोबल छनोटमा पुग्नेछ ।

पहिलो चरणको तयारीपछि राष्ट्रिय टिम अब प्रशिक्षणका लागि मलेसिया जाने छ । मलेसियामा १० दिन प्रशिक्षण गरेपछि नेपाल सिंगापुर जाने छ । छनोट प्रतियोगितामा नेपालसहित ५ टिम सहभागी हुनेछन् ।

यस्ता छ नेपाली टोली ः
कप्तान पारस खड्का, अभिनास बोहरा, बसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी,ललितनारायण राजवंशी, पवन सर्राफ, प्रदीप ऐरी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शरद भेषावकर, सोमपाल कामी

jackson ribon